Nepal Times
Nepal Times
3
Shares

म्युजिक भिडियोका साथमा मोडल जतिन ताम्राकारको कमब्याक (भिडियाे सहित)

म्युजिक भिडियोका साथमा मोडल जतिन ताम्राकारको कमब्याक (भिडियाे सहित)

६ मंसिर, विराटनगर ।
विराटनगरका चर्चित मोडल,नायक तथा संचारकर्मी जतिन ताम्राकार लामो समयपछि म्युजिक भिडियो लिएर दर्शक स्रोतामाझ आएका छन् । कोरोनाको संक्रमणको अवस्थामा दर्शक स्रोतामा मनोरन्जन प्रदान गर्ने उद्धेश्यले सरोज वानियाँ र मुना रोक्काको स्वरमा रहेको देउ न माया देउ बोलको गीतको म्युजिक भिडियो लिएर ताम्राकार दर्शकमाझ आएका हुन् ।

गीत र भिडियोले माया प्रेमको विषय वस्तु उठान गरेकोे भिडियोका निर्देशक ताम्राकारले बताए । गीतकार मुना रोक्काको शब्दमा रहेको गीतमा दिनेश कोइराला र रोजना कठायतको मुख्य अभिनय रहेको छ भने सुस्मिता पाण्डे,कैलाश अधिकारी र अनमोल खतिवडाको समेत अभिनय रहेको छ ।

निरज तिम्सिनाले खिचेको भिडियो मोरङका विभिन्न स्थानमा छायाँकन गरिएको निर्देशक ताम्राकारले बताए । हाइलाइट्स नेपालले युट्युबमा सार्वजनिक गरेको भिडियोमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। निर्देशक ताम्राकारले दजर्नौ म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसकेका छन् ।

[embedyt] https://www.youtube.com/watch?v=iKLsuZvcWyg[/embedyt]

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.