नारायणकाजीलाई सूर्य थापाको जवाफः गाडीमा ढुंगा प्रहार गर्दा नदेख्ने, जिन्दावादको नारा लगाउँदा सुनियोजित भन्ने ?

७ मंसिर ७७, आइतबार
Share this
764shares

७ मंसिर, विराटनगर ।
नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा कार्यकर्ताबाट भएको दुर्व्यवहारबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन्।

Advertisement

शनिबार राप्ति नगरपालिकामा नेकपाको कार्यक्रममा पाण्डे बोलिरहँदा कार्यकर्ताले ‘पार्टी एकता, जबज र प्रधानमन्त्री ओलीको समर्थनमा’ नारावाजी गरेका थिए।

उक्त घटना सुनियोजित भएको भन्दै नेकपा नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति र ट्वीटमार्फत् विरोध गर्दै घटनाको छानविन गर्न माग गरेका थिए।

Advertisement

प्रवक्ता श्रेष्ठले पाण्डेमाथि सुनियोजित दुर्व्यवहार भएको र उक्त घटना अति निन्दनीय र भर्त्सनायोग्य भनेका थिए। प्रवक्ता श्रेष्ठको सोही वक्तव्यपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ट्वीटमा पार्टी एकताको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढ्नु भएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे,’ प्रवक्ता श्रेष्ठको वक्तव्य स्क्रिनसट गर्दै थापाले ट्वीट गरेका छन्, ‘चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नु भएछ।

Advertisement

गज्जब छ गुटगत अन्तरदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी। दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी।’ नेकपा प्रचार विभागमा श्रेष्ठ प्रमुख र थापा उपप्रमुख छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top