७ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनासहित हालसम्म १ हजार ३ सय २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज आइतबार १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।
आज मात्र ५ हजार ६ सय ९९ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने १९ हजार ९ सय ६३ पुगेको छ ।