कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी

७ मंसिर ७७, सोमबार

८ मंसिर, भक्तपुर ।

कोभिड–१९ को संक्रमणकाबीच भोलीदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदैछ । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीले गर्दा रोकिएको थियो । सबै विद्यालयमा उत्तर पुस्तिका पु¥याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्ड अनुसारको परीक्षा मापदण्ड तयार गर्ने सहित सम्पूर्ण तयारी पूरा भएको बोर्डका सदस्य सचिब दुर्गा प्रसाद अर्यालले बताए ।

बोर्डका अनुसार बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने परीक्षा विद्यार्थीको चाहना बमोजिम होम सेन्टरमै सञ्चालन हुनेछ ।

बोर्डका अनुसार कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । यस्तै कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बताइएको छ ।

बोर्डका अनुसार प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क रहने छ । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने बोर्डले जनाएको छ ।

परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालय लगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।

४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा १६ गते सकिनेछ ।

सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिन परीक्षार्थीलाई शिक्षामन्त्रीको अपिल

यसैबीच शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोभिड विरुद्धका मापदण्ड सही ढंगले पालना गर्दै परीक्षामा सहभागी हुन परीक्षार्थीलाई अपिल गरेका छन्।

कोभिड १९ को संक्रमण जोखिमका कारण स्थगित भएको सात महिना पछि मंगलबारबाट शुरु गर्न लागिएको परीक्षाका बारेमा विद्यार्थी तथा अभिभावकलाई आश्वस्त पार्न सामाजिक सञ्जाल मार्फत् भिडियो अपिल सार्वजनिक गरेका हुन्।

मन्त्री पोखरेलले विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन पनि अनुरोध गरेका छन् । घरबाट परीक्षा केन्द्र आउ जाउ गर्दा समेत आवश्यक सचेतना अपनाउन उनको अनुरोध छ ।

विद्यार्थीले प्राप्त गर्ने योग्यताको प्रमाणपत्र माथि देश विदेशमा कँही कतै प्रश्न नउठोस् भन्नका लागि कक्षा १२ को परीक्षा लिन लागिएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभएको छ ।

कक्षा १२ विद्यालय शिक्षाको अन्तिम तह भएकोले परीक्षार्थीले प्राप्त गरेको योग्यताको प्रमाणपत्र माथि कँही कतै प्रश्न नउठोस् भन्नका लागि यो कोरोना संक्रमणको विशिष्ठ अवस्थामा पनि नेपाल सरकारले परीक्षा लिने निर्णय गरेको उनको भनाई छ ।

परीक्षार्थीले सही ढंगले स्वास्थ्य मापदण्ड पालना गदै अरुका लागि दृष्टान्त बन्न समेत उनको अनुरोध छ । परीक्षा केन्द्र वरीपरी भिडभाड नगर्न अभिभावकलाई अनुरोध गर्दै परीक्षा सफलता पूर्वक सम्पन्न गर्नका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्।

परीक्षा सम्पन्न गर्न तीनै तहका सरकार लागि परेको भए पनि मुख्य स्थानीय सरकारको नेतृत्व विना परीक्षा सफल हुन सक्दैन भन्दै थानीय सरकारलाई सचेतता पूर्वक अग्रपंक्तिमा रहेर पहलकदमी लिन अनुरोध गरेका छन्।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top