बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

९ मंसिर, काठमाडौं ।

हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण बन्द गरिएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो ।

Advertisement

आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको थियो ।

यस वर्ष कोरोना भाइरसका कारण एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा पूर्ण रोक लगाइएको छ । आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्दसमेत गरिएको मन्दिरका स्वामी निगमानन्दले जानकारी दिए ।

Advertisement

सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने र चतुर्मासमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top