जडीबुटी खेतीबाट युवालाई रोजगारी ः मन्त्री बस्नेत

५ जेठ ७५, आइतबार

काठमाडौँ, ६ जेठ ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार कर्णाली प्रदेशलाई जडीबुटीको हबकारुपमा विकास गर्नेगरी योजना निर्माणमा जुटेको बताएका छन् ।

कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग आज भएको सामूहिक भेटमा उनले कर्णालीका जिल्लामा जडीबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जना गरिने बताए ।

मन्त्री बस्नेतले भने, “कर्णाली प्रदेश जडीबुटी खेतीका हिसाबले मुलुककै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो, कामका लागि मलेसिया र खाडी मुलुक जानुपर्ने बाध्यतामा रहेका युवालाई जडीबुटीको विकासमार्फत रोजगारी दिन सकिन्छ ।”

आगामी आर्थिक वर्षको बजेटमा जडीबुटीको नर्सरी र प्रशोधन केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गर्न लागिएको जानकारी गराउँदै उनले कर्णालीमा यार्सागुम्बा, जटामसी, टिमुर, कुरिलोलगायत बहुमूल्य जडीबुटी खेती गर्न सकिने र त्यसका लागि मन्त्रालयले टोली नै खटाएर अध्ययन गरिरहेको बताए ।

भेटमा मन्त्री बस्नेतले कर्णालीको रारा क्षेत्रलाई आधार बनाएर पर्यटन पूर्वधार निर्माण गरिने, कर्णालीका हरेक वडामा एक उपस्वास्थ्य चौकी तथा गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिने बताए ।
रासस

 

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top