होप इन्टरनेशनलमा वैदेशिक रोजगार विभागको छापा, विदेशी दूतावासको गाडी पनि भेटियो

९ मंसिर, काठमाडौं । पूर्व श्रम स्वीकृति नलिई कतार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको होप इन्टरनेशनलमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

मानिस जम्मा पारेर गोप्य रुपमा अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागको टोलीले मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेशनलमा छापा मारेको विभागका सूचना अधिकारी टीकामणि नेउपानेले जानकारी दिए ।

म्यानपावर हाताभित्र कुटनीतिक नियोगको गाडीसमेत भेटिएको छ । तर त्यो गाडी कुन कुटनीतिक नियोगको हो भनेर खुलिनसकेको सूचना अधिकारी न्यौपानेले बताए ।

Advertisement

विभागको टोली अहिले पनि विभागमै रहेको र यसबारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवाहरु अन्तर्वार्ताका लागि आएको भेटिएको थियो । नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्व श्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तर्वार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।

Advertisement

अन्तरवार्तामा छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाण्डौमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्व स्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तर्वार्ता चलाइरहेको पुष्टि भएको छ ।

कतारमा रहेको नेपाली दूतावासले भने गएको आइतबारदेखि मात्रै नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु गरेको छ । कतार सरकारले नोभेम्बर १५ मा सूचना जारी गर्दै नयाँ श्रम अनुमोदन खुल्ला गरेको जानकारी गराएको हो ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top