६ वटा चिनियाँ जहाज फिर्ता गर्ने नेपाल एयरलाइन्सको प्रस्ताव

९ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले चीनबाट ल्याइएका ६ वटा जहाज चलाउन नसकिएको भन्दै कम्पनीलाई नै फिर्ता गर्ने विकल्प सरकार समक्ष पेस गरेको छ।

चिनियाँ जहाजलाई व्यावसायिक रुपमा सञ्चालन गर्न नसकिने नेपाल एयरलाइन्सको सञ्चालक समितिले निर्णय यसअघि नै गरिसकेको छ। साउनदेखि नै ग्राउन्डेड गरिसकेको एयरलाइन्सले जहाज व्यवस्थापनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो।

एयरलाइन्सले पत्राचार गरेपछि पर्यटनले अर्थमन्त्रालयको राय मागेको थियो। अर्थले प्रतिउत्तरमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर स्पष्टिकरण माग गरेको थियो। अर्थले मागेको स्पष्टिकरणमा जवाफ दिँदै एयरलाइन्स व्यवस्थापनले चार विकल्प दिएको छ।

Advertisement

एयरलाइन्सले जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेशनलाई जहाजको बजार मूल्यका आधारमा फिर्ता गर्ने, खुला प्रतिस्पर्धाको आधारमा बिक्री गर्न सकिने प्रस्ताव गरेको छ।

त्यस्तै लिज प्रक्रियाबाट अन्य कम्पनीलाई दिन सकिने र नयाँ जहाज किन्दा डाउन पेमेन्टको रुपमा प्रयोग गर्न सकिने विकल्प सुझाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top