NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने आइतवार साउन १८ , २०८२
हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य आइतवार साउन १८ , २०८२
नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ आइतवार साउन १८ , २०८२
रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन् आइतवार साउन १८ , २०८२
एसियन कुराशमा प्रशान्तलाई पदक, बक्सिङमा अप्रिलको जित आइतवार साउन १८ , २०८२
Next
Prev

समाचार

शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र

बुधबार मंसिर १० , २०७७
Reading Time: 1 min read
A A
शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र

Humde Adharbhut Bidhyalaya@Manang

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० मंसिर, मनाङ ।
हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ ।

कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ ।

गत चैतमा शैक्षिक सत्र शुरु हुनासाथ कोरोना महामारीका कारण जिल्लाका सबै विद्यालय ठप्प भए । यो शैक्षिक सत्रमा मुस्किलले १५ दिन मात्र विद्यार्थी विद्यालयमा हाजिर भएका थिए ।

LS Auto

जिल्लाभरका २८ विद्यालयमा जम्मा ६०२ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

“दुर्गम क्षेत्रमा पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ, तर बाध्यता र विवशताका बीच सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ”, नार्पाभूमि गाउँपालिकास्थित फू आधारभूत विद्यालयका प्रधानाध्यापक मुखीय विक भन्नुहुन्छ ।

नार्पाभूमि गाउँपालिकामा दुई आधारभूत विद्यालय छन् । यहाँ खाद्यान्नलगायत विकास निर्माणका सामग्री मानिस र खच्चडमार्फत ओसारपसार गर्नुपर्छ ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा नौवटा विद्यालय छन् । अघिल्लो वर्षको मङ्सिर मसान्तदेखि विद्यालय पूर्णरूपमा पठनपाठन हुनसकेको छैन ।

“गत मङ्सिर अन्तिम साता अन्तिम परीक्षा सकेर जाडो बिदामा रहेका विद्यार्थी नयाँ शैक्षिक सत्र शुरु हुन नपाउँदै कोरोना महामारीले विद्यालय बन्द भयो”, तिलिचो आधारभूत विद्यालयका प्रधानाध्यापक यमप्रसाद तिमल्सिनाले भने ।

उहाँका अनुसार माथिल्लो भेगमा चैतदेखि शैक्षिक सत्र शुरु हुने र मङ्सिर मसान्तमा अन्त हुने गर्छ ।

“शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियन शुरु हँुदै थियो तर कोरोना महामरीले शुरु हुनै पाएन”, उनले भने, “अहिले कोभिड–१९ का कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचालित गरी सामान्य पढाउने काम भएको छ, अब शैक्षिक सत्र सकिने समय भइसकेको छ, केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर निस्कनै मुस्किल हुन्छ ।”

केही सङ्घसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र सङ्घसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो मनाङका विद्यालय सञ्चालनमा छन् । आवश्यक सामग्री चामेबाट खच्चडमार्फत ल्याउने गरिन्छ ।

केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर यहीँ बस्न बाध्य छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक तिमल्सिनाले बताए ।

जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको छ । अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले ‘विद्यालय खोल’ भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो ।

हिमाली जिल्ला मनाङको यसपटकको शैक्षिक सत्र किताब नै नखोली सकिएको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्द घिमिरेको भनाइ छ ।

अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षक आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको विद्यालयले बताउँदै आएका छन् ।

कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस हुने गरेको घटनाले घिमिरेलाई झस्काउने गर्दछ । नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षकले सास्ती खेप्नुपर्ने भएको उनको भनाइ छ ।

उपल्लो मनाङको मौसमसँग पौँठेजोरी खेल्दै सो अनूकुल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उनको भनाइ छ । भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती शिक्षकहरुलाई छ ।

आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने र जाडो मौसममा यातायातसमेत चल्न नसक्ने हुँदा बाहिरबाट यहाँ आएर पढाउने शिक्षकले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ ।

यस शैक्षिक सत्रमा विद्यार्थीको सङ्ख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ मनाङले जनाएको छ । यो वर्ष अब हिमपात शुरु हुने भएकाले प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ ।

“प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु ?”, स्थानीयवासीको प्रश्न छ । फागुन, चैतदेखि शैक्षिक सत्र शुरु हुने हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुने गर्दथे ।

पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो । विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै झण्डै १२ महिना बितेको छ ।

हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको अन्नपूर्ण माविका प्रधानाध्यापक घिमिरेले बताए । फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ ।

दशैँतिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ ।

यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन ।(रासस)

लोकप्रीय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

आइतवार साउन १८ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

विचार

थप समाचार

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने
अन्तर्राष्ट्रिय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 
ताजा समाचार

रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन्
अन्तर्राष्ट्रिय

रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन्

आइतवार साउन १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

आइतवार साउन १८ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.