×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

कारोना प्रभावमा परेका क्षेत्रलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

१० मंसिर २०७७

१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड-१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गएको कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह गर्न भनेको छ । मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ मा उल्लेख भएका व्यवस्थाअनुसार कर्जा प्रवाह गर्न भनेको हो ।

Advertisement
Advertisement

केन्द्रीय बैंकले अतिप्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम १० करोड रूपैयाँसम्म कर्जा प्रवाह गर्न भनेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम सात करोड रूपैयाँसम्म प्रवाह गर्न निर्देशन गरिएको छ ।

त्यस्तै न्यून प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम पाँच करोड रूपैयाँसम्म प्रवाह गर्न निर्देशन दिइएको छ । केन्द्रीय बैंकले त्यस्तो कर्जा आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सकिनेछ ।

सीमा स्वीकृत गर्दा कार्यविधिअनुसार प्रभावित कूल कर्जाको ३० प्रतिशत रकम घरेलु, साना तथा मझौला उद्यमको लागि प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्कबाहेक अन्य कुनै प्रकारको शुल्क भने लिन नपाउने व्यवस्था गरिएको जनाएको छ ।

Advertisement
Advertisement

यसैगरी बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीबाट समेत कर्जाको लागि आवेदन प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेछ । व्यावसायिक निरन्तरता कर्जा प्राप्त गरेका ऋणीको विवरण आफ्नो बेवसाइटमार्फत त्रैमासिकरुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले जानकारी दिए । (रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top