संक्रमणका बीच पनि देवघाटमा एकादशी मेला

११ मंसिर ७७, शुक्रबार

११ मंसिर, काठमाडाैँ ।
कोभिड—१९ संक्रमणको जोखिमकाबीच पनि चितवनको पवित्र धार्मिक तीर्थस्थल देवघाटमा हरिबोधिनी एकादशी मनाइएको छ ।

देवघाट विकास समितिले संक्रमणको जोखिम कायमै रहेकाले भक्तजनहरुलाई नआउन आग्रह गरेपनि विहानै देखि देवघाटमा भक्तजनहरुको घुँइचो थियो । समितिले विज्ञप्ती नै जारी गरेर हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेको थियो । तर स्थानीय भक्तजनहरु हरिबोधिनी एकादशी मनाउन देवघाट नै पुगेका थिए ।

Advertisement

 

बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको थियो । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला सुरु हुने गर्दछ । हरिबोधिनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो ।

Advertisement

व्रतालुले बिहीबार अपिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।

देवघाटधाममा औँशी, पूर्णिमा, एकादशी, माघे संक्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने संक्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top