प्रदेश १ का तीन मन्त्रालयले सीपमुलक तालिमलाई एकरुपता दिने

११ मंसिर ७७, शुक्रबार

११ मंसिर, विराटनगर।
प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालिमलाई एकरुपता दिईने भएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल सुरु भएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा बिहीबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयवीच छलफल भएको हो । प्रदेश स्तरमा उद्यमशिलता संवन्धि तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरि तीनवटा मन्त्रालयवीचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताए ।

उनका अनुसार चालु आर्थिक बर्ष २०७७–०७८ मा तीनवटै मन्त्रालय, संघको सशर्त र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले तालिमका लागि करिव ३० करोड बजेट विनियोजन भएको छ । गौतमले भने,‘ कोरोना संक्रमणका कारण सवै तालिम सञ्चालन गर्न नसकिने र सञ्चालित तालिममा पनि दोहोरोपना हटाउन र पारदर्शीताका लागि छलफल सुरु गरिएको हो ।’

Advertisement

बिहीबारको छलफलले सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा तीनवटै मन्त्रालयको महाशाखा प्रमुख सदस्य रहने गरि कार्यदल गठन गरिएको छ । कार्यदललाई तालिम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी दिईएको छ । कार्यदलको सुझाव अनुसार नीतिगत रुपमा कार्यक्रम सञ्चालनको मार्गदर्शन तयार गरिएको श्रम तथा रोजगार शाखाका अधिकृत गौतमले बताए ।

छलफल कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top