×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

नयाँ नक्सा र कालापानी–सुस्ता विवादबारे सम्बद्ध मन्त्रालय र निकायबीच छलफल गर्ने समझदारी

१२ मंसिर २०७७

काठमाडौँ : नयाँ राजनीतिक नक्सा र सीमांकनको आ–आफ्नै अडानका कारण धमिलिएको नेपाल–भारत कूटनीतिक तथा राजनीतिक सम्बन्ध सुधार गर्न सिमाना विवादका विषय द्विदेशीय छलफलको प्रक्रियामा जोडिने भएको छ ।

दुई देशबीच एक वर्ष लामो कूटनीतिक तथा राजनीतिक संवादहीनता पन्छाउँदै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँगको एकल तथा सामूहिक भेटवार्तामा परराष्ट्रमन्त्री र सचिवसहितका अधिकारीले नेपालको राजनीतिक नक्साको आधिकारिकता तथा सीमांकन प्रमाणिकताको सरोकार उठाएका छन् । ‘सीमा समस्यालगायत दुई देशबीचमा जेजति आउटस्ट्यान्डिङ विषय छन्, तिनीहरूलाई पनि समाधान गर्दै जाने र त्यसका लागि प्रक्रियामा राखेर अघि बढ्ने विषयमा छलफल भएको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने ।

Advertisement
Advertisement

मन्त्री ज्ञवालीले विदेश सचिवको तहमा सुरु भएको सघन छलफलबाट आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले समग्र छलफल राम्रो भएको उल्लेख गर्दै नेपाल–भारत आपसी सम्बन्धलाई थप सुदृढ गर्दै र सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउँदै अघि बढ्न सहमत भएको जानकारी दिए । ‘मैले विदेश सचिवसँगको कुराकानीको सारबाट भारतले नेपालसँगको सम्बन्धलाई सृदृढ बनाएर लैजाने इच्छासहितको सन्देश दिन खोजेको बुझेको छु,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

यसपछि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठक अथवा आवश्यकताअनुसार अरू तहको छलफलबारे छिट्टै तालिका निर्धारण हुनेबारे बिहीबारको भेटवार्तामा सहमति जुटेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । गत वर्ष भदौ ४ मा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेयता सीमा विवादलगायतका कारण ‘संवादहीनता’ रहँदै आएको थियो । बिहीबार बिहान काठमाडौं उत्रिएका विदेश सचिव श्रृंगलासँग नेपाली समकक्षी परराष्ट्र सचिव भरतराज पौड्यालसहितको कूटनीतिक प्रतिनिधिमण्डलले झन्डै २ घण्टा होटल याक एन्ड यतिमा सचिवस्तरीय बैठक गरेको थियो । ‘दुई पक्षमा छलफलको राम्रो सुरुवात भएको छ । दुई देशबीचका समस्या समाधान गर्नेबारे छलफल सुरु भएको छ, यसलाई अत्यन्त सकारात्मक रूपमा लिएका छौं,’ विदेश सचिव श्रृंगलाले बैठकपछि मिडियासँग संक्षिप्त प्रतिक्रिया दिएका थिए ।

भारतीय विदेश सचिव श्रृंगलासहित विदेश मन्त्रालयमा नेपाल–भुटान मामिला हेर्ने सहसचिव अरन्दिम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रासहितको टोली बैठकमा सहभागी थियो । नेपाली प्रतिनिधिमण्डलमा सचिव पौड्यालसहित सहसचिव सेवा लम्साल, भारत शाखा हेर्ने सहसचिव यज्ञबहादुर हमाल, उपसचिव लोकबहादुर क्षत्रीसहितका कूटनीतिक अधिकारी थिए । बैठकमा सहभागी एक अधिकारीका अनुसार विदेश सचिव श्रृंगलासँगको बैठकमा परराष्ट्र मन्त्रालयले प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनको अन्योल, द्विदेशीय रेल्वे लिंक प्रोजेक्ट, एक्जिम बैंकमार्फत दिइने भारतीय सहुलियत ऋणको उपयोग, अरुण तेस्रो जलविद्युत् आयोजनाको समीक्षा, एकीकृत जाँचचौकी सञ्चालनमा तदारुकता, पञ्चेश्वर परियोजनाको ढिलासुस्ती जस्ता विषयमा छलफल चलेको थियो ।

‘नेपालले जारी गरेको राजनीतिक नक्सा र कालापानी–सुस्ताको विवादास्पद भूभागबारे सम्बद्ध मन्त्रालय तथा निकायबीच छलफल सुरु गर्ने समझदारी बनेको छ । यो विषयमा लामो समयदेखि संवादहीनता रहेकाले जटिलता थपिँदै गएको दोहोरो बुझाइ रह्यो,’ ती अधिकारीले भने । ईपीजी प्रतिवेदनका हकमा पनि त्यस्तो समस्या नरहेको र यो प्रतिवेदन बुझ्न भइरहेको ढिलाइबारे दिल्लीस्थित नेपाली दूतावाससँग परामर्श भइरहेको भारतीय अधिकारीको भनाइ थियो ।

बैठकपछि विदेश सचिव श्रृंगलाले मिडियासँग भने, ‘द्विपक्षीय सहकार्यबारे अत्यन्त फलदायी र उपयोगी कुराकानी भयो । सहकार्यका निम्ति धेरै विषयमा छलफल गर्‍यौं । यसले हाम्रो बृहत् र बहुपक्षीय सहयोगको आधारलाई देखाउँछ ।’ उनले यसबीचमा नेतृत्व तहबाट व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ निकै प्रगति भएको र यसमा थप पहल लिन सक्नेबारे समेत छलफल भएको जानकारी दिए । विदेश सचिव श्रृंगलाले आफ्ना नेपाली समकक्षी पौड्यालसँग एकल भेटवार्ता पनि गरेका थिए । दुई देशबीच संवादहीनताको कारक बनेको नयाँ राजनीतिक नक्सा र सीमा विवादका विषय परराष्ट्रमन्त्री ज्ञवालीसँग भएको विदेश सचिवको ‘एकल बैठक’ मा टड्कारो रूपमा उठेको थियो ।

Advertisement

सचिवस्तरीय बैठकबारे परराष्ट्र मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा दुई पक्षबीच व्यापार, पारबहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति, जनसम्पर्कलगायतका एजेन्डामा बृहत् छलफल भएको जनाइएको छ । पूर्वसचिव मधुरमण आचार्यका अनुसार विदेश सचिव नियुक्त भएपछिको पहिलो परिचयात्मक भ्रमण भएकाले तत्काल ठूलो अपेक्षा राख्न नमिले पनि लामो समयदेखिको राजनीतिक तथा कूटनीतिक संवादहीनतामाझ कूटनीतिक तहमा कुराकानी सुरु भएको छ । ‘यो आइस–ब्रेक हो, यसले दुई देशबीच अल्झेर बसेका मुद्दामा छलफल अघि बढाउने वातावरण बनाएको छ,’ उनले कान्तिपुरसँग भने, ‘विदेश सचिवको परिचयात्मक र शिष्टाचार भ्रमण भए पनि यसमा धेरै सकारात्मक संकेत पाउन सकिन्छ ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top