कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

११ मंसिर ७७, शुक्रबार

१२ मंसिर, ललितपुर ।

हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो ।

महामारी अझै मुलुकमा रहिरहँदा आज राति बराह नाट्य महोत्सव आयोजना गरेर विष्णुपुराणमा आधारित कथाअनुसार हिरण्याक्ष दैत्यको वध गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।

उनले भने, “यस वर्ष हामी परम्परा धान्न मात्र राति करीब ९ बजेदेखि ११ः३० सम्म नृत्य मञ्चन गर्ने तयारीमा छौं ।” अन्य वर्ष झैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाले रु दुई लाख र वडा नं १६ ले बराहको मुकुट बनाउन सहयोग गरेको चित्रकारले जानकारी गराए ।

गत वर्ष पनि वडा नं १६ ले समितिलाई नृसिंहको मुकुट बनाइदिएको थियो । पाटन कृष्ण मन्दिर नजीकै रहेको ‘कार्तिक डबली’ मा राति नृत्य मञ्चन गर्न मञ्चलगायत आवश्यक वस्तुको तयारी भइसकेको छ । दिनानुदिन देखिएको कोभिड–१९ का कारण सामाजिक दूरी कायम गरेर आवश्यक कलाकार मात्र उपस्थित गराइने समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । उनले भने, “मुलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको सुनिएको छैन ।”

आफूनो उमेर ढल्केर बढ्दो रोगका कारण आज राति उपस्थित हुन नपाए तापनि नाकानाकामा स्थानीय स्वयंसेवक परिचालन गरेर थोरै दर्शकको उपस्थितिमा नाच चलाउनुपर्ने पाटन निवासी ७६ वर्षीय विजेन्द्रलाल श्रेष्ठले सुझाव दिए । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । सो नाच विश्वकै नाचमध्ये सबैभन्दा लामो भएको जिकिर गरिएको छ ।

कात्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । कात्तिक नाच प्रथम पटक पाँच दिन तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको जानकार बताउँछन् ।

यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्रले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ । सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो ।

आज राति देखाइने कार्तिक नृत्यमा १८ वर्षमुनि र ६० वर्षमाथिका मानिसलाई कलाकारमा संलग्न नगराइने भएको छ । सो उमेर समूहका मानिसमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा समितिले सो निर्णय गरेको समितिका सचिव विजय तण्डुकारले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top