×

NEPAL TIMES UPDATES

Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा जित सुनिश्चित भएको ढकाल र प्रधानको दावी

१३ मंसिर २०७७

१३ मंसिर, काठमाडौं ।

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज शनिबार भइरहेको छ ।

महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि उपत्यकाका तीन ठाउँमा मतदान भइराखेको छ । जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताए ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पद सहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

कुल मतदाता एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले बताए । उनले मतदानसकिए लगत्तै मतगणना गरिने बताउदै रातिसम्म मतपरिणाम आइसक्ने बताए ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन ।

आज शनिबार तीन वटै निर्वाचन केन्द्रहरुमा पुग्दा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानसमूहका उम्मेदवारहरुले आफूतिर बढीभन्दा बढी मत तान्ने प्रयास गरिराखेको देखिएको छ ।

निर्वाचन केन्द्रमा भेटिएका वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुले आफ्नो जित सुनिश्चित भएको बताए । यस्तै निर्वाचन सम्पन्न भएपछि कुनैपनि पक्ष विपक्ष नभई महासंघ एउटै हुने पनि उनीहरुको भनाई छ ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन ।

बाँकी पदमा चुनाव भइरहेको छ । महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि शुरु भएको थियो । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

भर्खरको समाचार

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

सम्बन्धित खबरहरु

Scroll to Top