फेरि मर्‍यो गैडा, साउनयता १६ वटाको गइसक्यो ज्यान

१२ मंसिर ७७, शनिबार

१३ मंसिर, चितवन ।

Advertisement

चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ।

बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो।

Advertisement

सो गैँडा अन्दाजी २५–३० वर्षको भाले रहेको उनले जानकारी दिए। चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ। सो गैँडाको तीन वटा खुट्टा भाँचिएको थियो।

चालू आर्थिक वर्षमा यससँगै १६ वटा गैँडा मरेका छन्। यसमध्ये चार वटा चोरी शिकारीले मारेका हुन्।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top