×

NEPAL TIMES UPDATES

Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026
Playing
World News: १३ अमेरिकी सैनिकको मृ*त्यु, पोर्चुगलमा २५ सय नेपाली कानुनी झंझटमा || Nepal Times
Mar 17, 2026
Playing
७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी || Nepal Times
Mar 17, 2026
Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026

३९४ औँ हप्तामा बाग्मती सफाइ महाअभियान, ४०० औँ हप्तालाई विशेष बनाइने

१३ मंसिर २०७७

१३ मंसिर, काठमाडौँ।

वाग्मती सफाइ महाअभियानको ३९४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो ।

Advertisement

पशुपतिको आर्यघाट एवं भष्मेश्वर घाट क्षेत्रमा बढी फोहर भेटिएको उनले बताए । कोरोना त्रासका कारण भौतिक दूरी कायम गरेर नदी किनार नजिक निवास भएका अभियानकर्मी मात्र उपस्थित रहेकाले सबै फोहर टिप्न नसकिएको अभियानकर्मीको भनाइ छ ।

सफाइसँगै पशुपति क्षेत्रमा आएका भक्तजनलाई करिब १५० वटा गुर्जोका बिरुवासमेत वितरण गरिएको अभियानकर्मी खरेलले बताए। पशुपतिक्षेत्रको सफाइमा अभियानकर्मी प्रमिला पौडेल, गङ्गा पुरी, सुष्मा भेटवाललगायत अभियानकर्मीको सक्रियता थियो । पशुपतिनाथको मूल मन्दिर भने चैतदेखि नै बन्द गरिएको छ । मन्दिर पुसदेखि खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गरिएको पशुपतिक्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । वाग्मती किनारमा पुराना जस्ता गाडिएर रहेको भेटिएकाले त्यसलाई निकालेर व्यवस्थापन गरिएको छ । अधिकारसम्पन्न वाग्मतीले नदी किनारमा पर्खाल लगाउने कामदारलेसमेत बोरा नदीमै फालेर फोहर गरेकाले टिप्न लगाइएको अभियानकर्मी पौडेलले राससलाई जानकारी दिए।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मीले जनाएका छन् । सफाइपछि वाग्मतीको ४०० हप्ताको तयारीका लागि छलफल गरिएको थियो । आगामी पुस २५ गते सफाइ महाअभियानको ४०० हप्ता विशेषरुपमा मनाउने तयारी भइरहेको छ । यस क्षेत्रको सफाइमा चक्रबहादुर चन्द, प्रिया लामिछाने, रामशरण कार्कीलगायत अभियानकर्मी सक्रिय भएका थिए।

वाग्मती सफा बनाउन जेसुकै गर्न तयार
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५४औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा वाग्मती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, अधिकारसम्पन्न वाग्मतीका अध्यक्ष उद्धव तिमल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याललगायतका व्यक्तित्व पनि यस क्षेत्रको सफाइमा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य लामाले वाग्मतीको सौन्दर्यीकरणका लागि नगरपालिका र अधिकारसम्पन्न वाग्मतीलगायत सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । अधिकारसम्पन्न वाग्मतीका नवनियुक्त अध्यक्ष तिमल्सिनाले वाग्मतीलाई फोहर हुनुअघिको पुरानैस्वरुपमा फर्काउन लागिपर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा वडा अध्यक्षद्वय सुवेदी र अर्यालले वाग्मती स्वच्छ बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सबै किसिमका सहयोग गर्न तयार रहेको जानकारी गराए । ‘मनदेखि नै मुहान क्षेत्रको वाग्मती सफा गरौँ’ भन्ने नाराका साथ शुरु भएको अभियानले कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहेका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिए।

गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट गुह्येश्वरीसम्मको नदी क्षेत्रलाई विशेष अभियानका साथ सफा बनाउन लागिएको मञ्चले जनाएको छ । यसका लागि कोरोना महामारीकाबीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर अर्को हप्तादेखि नै अभियान शुरु गरिने जनाइएको छ ।

वाग्मतीसँगै आज रुद्रमती, विष्णुमती, मनोहरालगायत सहायक नदी, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको विशेष सक्रियतामा वाग्मती सफाइ महाअभियान शुरु भएको हो ।

महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानलगायत मुख्यमुख्य शहरमा समेत सफाइ जागरण शुरु भएको छ । हालसम्म १०६ स्थानमा सफाइ भइरहेको जनाइएको छ । नागरिकस्तरबाट शुरु भएका स्वयंसेवी अभियानका लागि पैसा नउठाउने र कुनै समितिसमेत नबनाउने नीति रहेको मुख्य अभियानकर्मी पौडेलले बताए ।रासस

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top