कक्षा १२ को परीक्षामा बेथिति : १३ घन्टा अघि नै प्रश्नपत्र आउट

१३ मंसिर ७७, आइतबार

काठमाडौं: ९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ ।

बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरुको फेसबुक ग्रुपमा आइसकेको थियो ।

‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही ब्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरुले सामाजिक संजालमा आएको र परीक्षाका लागि मेलमा पठाएको पेपर एकै भएको देखेपछि तत्काल पनिकालाई जानकारी गराएका थिए,’ती शिक्षक भन्छन,‘परीक्षा बोर्डका अधिकारीले गल्ती स्वीकार नगरी उल्टै शिक्षकलाई प्रहरी लगाएर समात्ने धम्की दिएपछि कुरा सेलायो ।’

Advertisement

यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब, परीक्षा उपनियन्त्रक र प्रदेश परीक्षा कार्यालय प्रमुख पूर्ण जानकार रहेको उनी बताउँछन् । याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top