वेस्ट इन्डिजसँगको ट्वान्टी ट्वान्टी क्रिकेट सिरिज न्युजिल्यान्डलाई

१४ मंसिर, काठमाडौं । वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी ट्वान्टी क्रिकेट सिरिज घरेलु टिम न्युजिल्यान्डले जितेको छ ।

Advertisement

माउन्ट माउनगानुइमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै न्युजिल्यान्डले एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पारेको हो ।

बे ओभलमा न्युजिल्यान्डले दिएको २ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । दुई टिमबीचको अन्तिम खेल भोलि हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top