पुन: इटालीको राष्ट्रिय टोलीमा बोलाइए बालाटोली

स्ट्राइकर मारियो बालेटेलीलाई इटालीको राष्ट्रिय टोलीमा पुन: बोलाइएको छ। शनिबार इटालीका नयाँ प्रशिक्षक रोबेर्तो मानचिनीले चार वर्षपछि उनलाई राष्ट्रिय टोलीमा बोलाएका हुन्।

Advertisement

५३ वर्षिय मानचिनीलाई चार पटकको विश्वविजेता इटाली रशियामा हुने विश्वकपमा पुग्न असफल भएपछि टोलीलाई पुरानै अवस्थामा फर्काउन सोमबार प्रशिक्षकमा नियूक्त  गरिएको छ।

उनको प्रशिक्षणमा इटालीले साउदी अरेबिया, फ्रान्स तथा नेदरल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ।

Advertisement

बालाटोलीले इटालीका लागि ३३ खेलमा १३ गोलको योगदान दिएका छन्। उनी पछिल्लो विश्वकपदेखि राष्ट्रिय टोली बाहिर रहँदै आएका छन्।  सन्की स्वभावका कारण सिनियर खेलाडीले उनी बारेमा गुनासो गरेपछि उनी टोली बाहिर छन्।

यस वर्षको फुटबल सिजनमा २६ गोल गरेपछि उनलाई पुन: राष्ट्रिय टोलीमा बोलाउन सकिने चर्चा चल्दै आइरहेको थियो।

Advertisement

इटालीको राष्ट्रिय टोलीमा बालाटोलीसँगै ब्राजिलमा जन्मिएका डिफेन्डर इमेरसन पालमाइरीलाई पनि ३० सदस्यिय टोलीमा राखिएको छ।

त्यस्तै मिडफिल्डर रोनाल्डो मानड्रागोरा, डेमेनिको बेरारडी, माटटिया कलडारा तथा ड्यानियले बासेलीलाई पनि टिममा मौका दिइएको छ भने भेट्रान गोल रक्षक बुफोनलाई भने टोलीमा बोलाइएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top