×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्वोच्चद्वारा नयाँ सिद्धान्त प्रतिपादन, फोन वार्ता रेकर्डलाई प्रमाणको मान्यता

१५ मंसिर २०७७

 काठमाडौं : फोन वार्ता रेकर्ड गरी लिपिबद्ध गरेको विषयलाई कुनै मुद्दामा महत्वपूर्ण प्रमाणका रुपमा लिन मिल्ने सिद्धान्त सर्वोच्च अदालतले प्रतिपादन गरेको छ । तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले त्यस्तो सिद्धान्त प्रतिपादन गरेको हो ।

काठमाडौं जिल्लास्थित बूढानीलकण्ठ नगरपालिका–१२, १३ र १४ का तत्कालीन संयुक्त वडा सचिव श्याम अधिकारविरुद्ध भएको भ्रष्टाचार (घूस) मुद्दामा सिद्धान्त प्रतिपादन गर्दै सर्वोच्चले फोन वार्ता रेकर्ड गरी लिपिबद्ध गरिएको विषयलाई कुनै पनि मुद्दामा महत्वपूर्ण प्रमाणका रुपमा लिन मिल्ने उल्लेख गरेको हो ।

Advertisement
Advertisement

सर्वोच्चको फैसलामा भनिएको छ– ‘विज्ञान र प्रविधिको सहायताले आफूसँग घूस रिसवत मागेको बोली बोलेको, फोन वार्तालाई रेकर्ड गरिएको र सोलाई प्रविधिको मद्दतले लिपिबद्ध गरी प्रमाणको रुपमा पेस गरेकोलाई न्याय निरोपण गर्दा महत्वपूर्ण प्रमाणकै रुपमा मूल्याङ्कन गर्नुपर्छ ।’

सेवाग्राहीले मोही लगत कट्टाको सिफारिस गरी पाउन निवेदन दिएकोमा तत्कालीन वडा सचिव अधिकारीले घूस मागी काम गर्न आलटाल गरेको आरोप लगाइएको थियो । सो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित जानकारी गराएपछि कारबाही प्रक्रिया अगाडि बढेको थियो ।

अख्तियारले सेवाग्राहीलाई ५० हजार रुपियाँ दिई पठाएको थियो । सो रकम सेवाग्राहीले सचिव अधिकारलाई दिएपछि अख्तियारले रंगेहात पक्राउ गरेको भनी आरोप लगाइएको थियो । प्रमाण पुगेको उल्लेख गरी अख्तियारले वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले घूस लिएको ठहर गरी सचिव अधिकारलाई बिगो भराई सोबमोजिम जरिवाना र तीन महिना कैद गर्ने फैसला गरेको थियो । सर्वोच्चले पनि सोही फैसलालाई सदर गरेको छ ।

सर्वोच्चले २०७४ सा चैत महिनामा सो फैसला गरेको भए पनि त्यसको पूर्ण पाठ २८ महिनापछि सार्वजनिक भएको हो । फैसलामा रेकर्ड गरिएको बोली प्रतिवादीकै हो भनी निश्चित भएको हुनुपर्ने उल्लेख गर्दै रेकर्डलाई कुनै परिवर्तन गरिएको हुन नहुने स्पष्ट गरिएको छ ।

Advertisement

रेकर्डलाई कुनै परिवर्तन गरेको शंका वा सम्भावना भएमा आवाज पुनः निश्चित गरिनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा  विकास भट्टराईले लेखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top