खोकनाको मन्दिर अवलोकन गर्न पुगिन् प्रधानमन्त्री पत्नी

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनामा रहेको रुद्रायणी मन्दिरको अवलोकन गरेका छन् ।

२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएको सो मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपूर्ण चाड पुननिर्णमा नाच अवलोकन गर्न प्रधानमन्त्री पत्नी शाक्यसँगै मन्त्री श्रेष्ठ, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम खोकना पगेका हुन् ।

जिर्ण मन्दिरको अवलोकन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले पुरातात्विक र एतिहासिक कला संस्कृतिको नगरी खोकनाको मुख्य मन्दिरको जिर्णोद्धार तत्काल गरिने बताए । मन्दिरको बाहिरी भागबाट क्षति भएको नदेखिएपनि भित्री भागमा जिर्ण भएकोले मन्दिरको पुननिर्माण तत्काल गरिने बताए ।

अवलोकन पछि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले क्षतिग्रस्त रुद्रायणीको पुननिर्माण तत्काल गरिने बताए । खोकनाको एतिहासिक बस्तीलाई जोगाई राख्न सरकारले बजेटको व्यवस्था गरिसकेको पनि प्रमुख ज्ञवालीले बताए ।

यस्तै इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामाग्री प्रयोगगरी निर्माण गरेर संरक्षण गर्नुपर्ने माग स्थानीयहरुले गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top