×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अर्का बिरामीको मृत्युपछि डायलासिस पालो

१६ मंसिर २०७७

झापा:  इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुपर्‍यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन्।

काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी धना लिम्बू सुनाउँछिन्। उनीहरू डायलासिस गर्नकै लागि अस्पतालनजिकै कोठा भाडामा लिएर बसेका छन्।

Advertisement
Advertisement

लिम्बू दम्पती मात्र होइन, निःशुल्क डायलासिस गर्न पालो पर्खिने मिर्गौला बिरामी ८० जना छन्। झापा जिल्लाभरिका सरकारी र निजी अस्पताल गरेर दैनिक ६० देखि ६५ जनाले मात्रै डायलासिस सेवा पाउँदै आएका छन्। मिर्गौला रोगीका लागि अत्यावश्यक उपचार भनेको प्रत्यारोपण र नियमित डायलासिस नै हो।

आर्थिक स्रोत नहुनेलाई मिर्गौला प्रत्यारोपण निकै महँगो पर्न जान्छ। अर्कोतिर प्रत्यारोपण गराउन पनि सहज नहुँदा नियमित डायलासिसको विकल्प देखिँदैन।

झापाकै बिर्तामोडकी लक्ष्मी नेपालीले ७० वर्षका पतिलाई चार वर्षदेखि डायलासिस गराउँदै आएकी छन्। ‘पैसा नहुनेले डायलासिसको पालो पर्खिंदा पर्खिंदा मर्नुपर्छ’, नेपाली भन्छिन्, ‘टाढा गएर डायलासिस गराउन पालो पाए पनि परिवारको सम्पत्ति नै सखाप हुने रै’छ।’

निःशुल्क डायलासिस सेवामा पालो पाउन मिर्गौलाका बिरामीको प्रत्यारोपण गर्नुपर्‍यो या मृत्यु नै हुनुपर्ने अवस्था रहेको मेची अस्पतालका सूचना अधिकारी मनोज पोखरेल बताउँछन्।

उनका अनुसार मेची अस्पतालमा दैनिक ९ जनाले निःशुल्क डायलासिस गराइरहेका छन्। तर, ८० जना बिरामी नाम लेखाएर पालो पर्खेर बसेका छन्। कुनै बिरामीले प्रत्यारोपण गर्‍यो वा मृत्यु भयो भने नाम लेखाएकाहरूलाई दर्ताका आधारमा डायलासिस गर्न खबर गर्ने गरिएको उनी सुनाउँछन्।

भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालका निर्देशक बालकृष्ण पोखरेल मिर्गौला रोगीको संख्या बढिरहेका कारण सबैलाई डायलासिस सेवा दिन सक्ने अवस्था नरहेको बताउँछन्। ‘हामीले पाँच वटा मेसिन बिहान साढे ५ बजेदेखि बेलुका साढे ८ सम्म चलाइरहेका छौं’, निर्देशक पोखरेल भन्छन्, ‘२५ जना बिरामीलाई सेवा दिएका छौं। तर, पालो पर्खिएर बस्नेको संख्या ५० भन्दा बढी छ।’

Advertisement

उनका अनुसार दैनिक २० जना निःशुल्क उपचार गर्ने र अन्य भने आपतकालीन अवस्थामा डायलासिस गराउनुपर्ने अवस्थाका बिरामी आउने गरेका छन्। मिर्गौला रोगीको चापलाई हेरेर ओमसाईले थप २० वटा मेसिन तत्काल जडान गर्न लागेको उनको भनाइ छ। नियमित डायलासिस गराइरहेकाबाहेक पनि झापामा १ सय ३० जना बिरामीले निःशुल्क उपचारका लागि पालो पर्खेर बसेका छन्। नियमित पालो नपाउनेहरूले शुल्क तिरेर डायलासिस गराइरहेका छन्।, यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top