×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

प्याराग्लाइडिङ दुर्घटनाकाे कारण : ओभर कन्फिडेन्स

१६ मंसिर २०७७

१६ मंसिर,कास्की ।

कोरोना भाइरस महामारीका बीच पनि आन्तरिक पर्यटकले असाध्यै रुचाएको प्याराग्लाइडिङ भीड सराङकोटको डाँडोमा धानीनसक्नु भइरहेको छ ।

यस्तो अवस्थामा कात्तिक ८ गते भएको प्याराग्लाइङिले दुर्घटनाले आकाशमा उड्न चाहानेहरुलाई त्रसित बनाएको छ । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुई दशक (१९९९) नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । यस अघिका दुर्घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलटहरु दुर्घटनामा पर्ने गरेका थिए तर यसपालि भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गयो । गत सोमबारको दुर्घटनामा परेका प्यारा पाइलट राजु गैरे नेपाली ९३८० आफैंमा अनुभवी पाइलट भएका उनका सहकर्मीहरु बताउँछन् ।

विगत आठ वर्षदेखि पोखराको आकाशमा उडिरहेका हिमालय स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्यारापाइलट माधव तिवारीले पाइलटले आफ्नो अनुशासन र उडानका नियम बाहिर जाँदा दुर्घटना हुने बताए । उनले भने, “सामान्य अवस्थामा दुर्घटना हुँदैन, कहिले काही मौसमको खराबी हुन सक्छ, नत्र उडान सुरक्षित नै हुन्छ । उडानको समयमा के गर्ने के नगर्ने नियमहरु हुन्छन् । ओभर कन्फिडेन्स भएर नियम विपरितका गतिविधि नै दुर्घटनाका कारण हुन् ।”

तिवारीले पाइलट नै बढी संवेदनशील भएर उडान गर्नुपर्ने बताए । उनले भने, “उडानबाट यात्रुलाई मनोरञ्जन दिने हो तर कतिपय पाइलट साथीहरु आकाश उडिरहेको बेला अन्य गतिविधि गर्दैै सुरक्षा संवेदनशीलता वेवास्ता गर्न पुग्नुहुन्छ ।” उडान समयमा फूल पात टिपेर दिने गर्दा दुर्घटना निम्ति सक्ने भएकाले यस्तो गतिविधिलाई रोक्नुपर्ने उनको भनाइ छ ।

अर्का अनुभवी पाइलट दूर्योधन खड्काले साहसिक खेलमा जोखिम मोल्नुपर्छ भन्ने मानसिकताले पनि कतिपय अवस्था नियन्त्रण बाहिर जाने गरेको बताए । “कोही कोही यात्रुले अलि बढी जोखिम मोल्न रुचाउने र पाइलटलाई अलि प्रेसर दिने गर्छन । यात्रुको सबै अवस्थालाई स्वीकार्नु पर्छ भन्ने हुँदैन, पाइलटले पनि जोखिमको अवस्थालाई आँकलन गर्न सक्नुपर्छ,” उनले भने ।

कहिलेकाही टेकअफ गर्दा यात्रु नियन्त्रणमा नहुने गर्दा पनि दुर्घटना हुन सक्ने तर हावामा उडिसकेपछि सामान्य अवस्थामा दुर्घटना हुने सम्भावना न्यून हुने उनको अनुभव छ ।

हवाई खेलकूद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारी पनि उडानमा समयमा फूल, पात टिप्ने र पानी छुने जस्ता गतिविधिले हुने गरेको सुन्नमा आएकाले अब यस्ता गतिविधिमा रोक लगाइने बताए । कार्तिक ८ को दुर्घटनाको विषयमा छानविन समिति गठन भएको छ । एक महिनामा सत्यतथ्य बाहिर आउला, पछिल्लो समय आकाशमा फुल टिप्ने दिने गतिविधि बढेको भन्ने सुनिएको छ ।

यसमा अब नियन्त्रण हुन्छ । प्याराग्लाइडिङ उडानो दुई दशकमा व्यावसायिक उडानबाट चार पाँच वर्ष अघि एक जना यात्रुको र अहिले पाइलटको ज्यान गुमाएको उनको भनाइ छ ।

उहाँको अनुसार २०५९ मा हवाइ खेलकूद संस्था (एनएए) स्थापना भएको र २०७५ साल चैतबाट नागरिक उडड्यन प्राधिकरणले अनुगमन, लाइसेन्स, नवीकरण प्रदान गर्ने गरेको हो । संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडि विदेशी पाइलट भए पनि अहिले नेपाली मात्रै रहेका छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् भने रु एक अर्ब बढीको लगानी रहेको छ ।

उनका अनुसार सोमबारको दुर्घटनामा टेण्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उङ्डयन प्राधिकरणले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्राधिकरणका पोखरास्थित प्रबन्धक )एयर ट्राफिक सर्भिस) अनुप जोशीको संयोजकत्वमाप्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो ।

समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top