नेकपा सचिवालय बैठक १ बजे धुम्बाराहीमा, अध्यक्षद्वयले एक-अर्काविरूद्ध अघि सारेका प्रस्तावमाथि छलफल

१६ मंसिर ७७, मंगलबार
Share this
767shares

१६ मंसिर, काठमाडौं ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक आज १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने कार्यक्रम छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक-अर्काविरूद्ध अघि सारेका प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका रहेकाे छ ।

Advertisement

प्रधानमन्त्री ओलीले मंसिर ३ गतेको बैठकमा प्रस्तुत गरेकाे प्रस्तावको अध्ययन गरी आवश्यक छलफल तथा गृहकार्य समेत गरेर आज बस्ने बैठकमा छलफल हुने बताइएको छ ।

यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्ताव अस्वीकार गर्दै फिर्ता लिन आग्रह गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top