×

NEPAL TIMES UPDATES

Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026
Playing
मनोजले टेकओभर गर्न खोज्दा सपनाले आगो बालिन्, रास्वपा सांसद्को आपत्ति|| Nepal Times
May 18, 2026
Playing
सुधन गुरुङ फेरि गृहमन्त्री ? कि नयाँ अनुहार ? के छ तयारी ? || Nepal Times
May 18, 2026
Playing
Royal order of the polar star मोदीलाई स्वीडेनको सम्मानको संकेत के ?|| Nepal Times
May 18, 2026
Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026
Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026

एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि : मन्त्री ढकाल

१६ मंसिर २०७७

१६ मंसिर,काठमाडाैँ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेका छन् ।

Advertisement
Advertisement

तेतीसौँ विश्व एड्स दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ भएजस्तै सन् १९९० को दशकमा महामारीको रुपमा देखिएको एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेका हुन् ।

उनका अनुसार नेपालले नयाँ सङ्क्रमण दर सन् २०१० देखि २०१९ सम्म ६४ प्रतिशतले घटाएको छ । सोही समयमा विश्वमा यसको दर २३ प्रतिशतले घटेको छ । यस्तै नेपालमा एड्सको कारणले हुने मृत्युदर पनि ८५ प्रतिशत र विश्वमा ३९ प्रतिशतले घटेको छ । उनले कोभिड–१९ ले एचआइभी सङ्क्रमित र एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा अझ अप्ठ्यारो र चुनौतीसमेत भएको बताए ।

सरकार विभिन्न साझेदार संस्था र नागरिक समाज सबैको सक्रियतामा कोभिड–१९ को विषम परिस्थितिमा पनि एचआइभी सङ्क्रमितलाई एआरभी औाषधि उचित र निरन्तर वितरण गरिएको बताए । सन्देशमा उनले सरकारको राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६–२०२१ अनुसार ९० प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतमा औषधि उपचारको पहुँच हुने र औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य प्राप्तिका लागि एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको बताए ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धताका साथ योजनाबद्ध रुपमा काम भइरहेकोसमेत उनले जानकारी दिए ।

Advertisement
Advertisement

आज विश्वभरि ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाइएको छ ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top