माहुरीको टोकाइबाट २४ वर्षीया महिलाको ज्यान गयो

१७ मंसिर ७७, बुधबार

१७ मंसिर, सप्तरी ।
सप्तरीको रुपनी गाउँपालिका वडा न १ मा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

Advertisement

घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेशकुमार यादवकी २४ वर्षीया श्रीमती रमिला देवी यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

माहुरीको टोकाइबाट सख्त घाइते रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

Advertisement

मृतकको शव राजविराजमा रहेको गजेन्द्रनारायण सिंह, अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top