आउँदो जनवरी १ तारिखदेखि बेलायतमा काम गर्नका लागि अनुमति दिइने

१७ मंसिर, एजेन्सी ।
युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका प्रतिभावान तथा दक्ष कामदार भित्र्याउन बेलायतले नयाँ प्रणाली सुरु गरेको छ ।

यसै अन्तर्गत बेलायत सरकारले डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको अधिकारीहरुले जनाएका छन् । ईयू मुलुकका बासिन्दालगायत सबै विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउनेछन् र आउँदो जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइनेछ ।

अनलाइनबाट भिसा आवेदन गर्न सकिने छ । दक्ष कामदार भिसाका लागि रोजगारदाताबाट जागिरको अफर, अंग्रेजीमा निपुण र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुन अनिवार्य छ ।

Advertisement

आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्नेछन् ।

भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड ९प्रतिवर्ष० र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्नेछ ।

Advertisement

बेलायत बाहिरका आवेदकलाई सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।

गृहमन्त्री प्रीति पटेलले सरकारले ईयूसँग खुल्ला आवतजावत अन्त्य, आफ्नो सीमा नियन्त्रण फिर्ता र नयाँ अंकमा आधारित अध्यागमन प्रणाली लागू गर्ने प्रतिज्ञा पूरा गरेको बताएकी छन् ।

एक विज्ञप्तिमा उनले सामान्य, प्रभावकारी र लचिलो यो प्रणालीले रोजगारदातालाई आवश्यकताअनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने बताइन् ।

३१ डिसेम्बरमा ब्रेक्जिट (बेलायत ईयूबाट बहिगर्मन) को संक्रमणकालीन अवधि अन्त्यसंगै बेलायत ईयू खुल्ला आवतजावत बन्द हुँदैछ । १ जनवरीदेखि युरोपेली र अन्य मुलुकका नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । बेलायत ईयू सदस्य हुँदा युरोपेली नागरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार थियो ।

सरकारले भिसाका अरु रुट पनि खुल्ला गरिएको जनाएको छ । इन्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, मेडिसिन, कला र संस्कृतिका क्षेत्रमा असामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोबल ट्यालेन्ट भिसा र व्यवसायिक दक्षता एवं नयाँ सिजनात्मक सोच भएका व्यक्तिलाई इनोभेटर र स्टार्ट अप भिसाको रुट पनि खोलिएको छ ।

विश्वभरका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने गत ५ अक्टोबर, २०२० मै खुल्ला भइसकेको थियो । सरकारको नयाँ घोषणाले नेपालबाट पनि दक्ष जनशक्ति बेलायत आउने बाटो खुलेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top