स्वरसम्राट नारायण गोपालको सम्झनामा गायक सुगम पोखरेलले “श्रद्वेय नारायण गोपाल” बोलको गीत सार्वजनिक गरेका छन ।
नजिकिँदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औँ स्मृति दिवस को अवसर पारेर गायक पोखरेलले गीतको भिडियो सँगै स्वरसम्राट नारायण गोपालको छोटो चिनारी भिडियो पनि राखेका छन् । सुगमले नेपाली संगीतका स्रष्टामाथि पहिलो पटक गीत तयार पारी सार्वजनिक गरेका हुन । उक्त गीतमा शब्द, संगीत सुगम आफैले दिएका छन् भने संगीत संयोजन मनोज कुमार के सीले गरेका हुन् । मन्दिप बखुंचे र मिलन तामाङले छायांकन गरेको भिडियोलाई मनोज सापकोटाले सम्पादन गरेका हुन । निर्देशन भने गायक सुगम र मनोज सापकोटाले गरेका हुन ।