साझा प्रकाशनमाथि मन्त्री अर्यालको रोष : प्रगति गर्न नसक्नेलाई सरकारले सहयोग गर्दैन

१७ मंसिर, काठमाडाैँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशन लाई थप आर्थिक सहयोग गर्न नसक्ने बताएकी छन् । साझा प्रकाशनको ५७औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनिगर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने बताएकी हुन् ।

आफू मन्त्री भएदेखि नै १५÷१६ करोड रुपैयाँ निकाशा दिएको संस्थाले अझै सुधार गर्न नसक्ने हो भने सरकारले अव थप पैसा दिननसक्ने स्पष्ट पारेकी हुन् । उनले आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्न समेत आग्रह गरिन् । त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउन समेत निर्देशन दिइन् । भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन उनले निर्देशन दिइन् ।


पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएनभन्दै बस्नु सबैभन्दा कमजोर पाटो रहेको पनि मन्त्रीअर्यालले बताइन् । उनले विनियमलाई समय अनुसार परिवर्तन गरेर कामगर्न निर्देशन दिइन् । साझा प्रकाशनलाई जहिले पनि कर्मचारी भिड्ने थलो बनाइएको भन्दै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने समेत बताइन् । कर्मचारीबीच भिडन्त हुने अवस्थालाई अन्त्य नगर्दा सम्म संस्थालाई अगाडि बढाउन नसकिने पनि मन्त्री अर्यालले बताइन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top