×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

तेस्रो मुलुकबाट आयात २० प्रतिशतले घट्यो

१९ मंसिर २०७७

वीरगन्ज: तेस्रो मुलुकबाट कन्टेनरमा बन्द भई नेपाल आयात हुने मालबस्तुको ब्यापार २०.४१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। नेपालका लागि कन्टेनर बन्द मालबस्तु भारतीय बन्दरगाहहरु पश्चिम बंगालको कोलकाता बन्दरगाह, कोलकता मातहतकै हल्दिया बन्दरगाह र निजी क्षेत्रबाट ब्यवस्थापन गरिएको आन्ध्र प्रदेशको विशखापटनम बन्दरगाहबाट भएर नेपाल आउने गरेको छ। ति बन्दरगाहको पछिल्लो तथ्यांकअनुसार विदेशाट नेपालका लागि आउने कन्टेनर कार्गोको आयात घटेको देखिएको छ।

अंग्रेजी आर्थिक वर्ष २०२०/०२१ को २ चौमासिकअर्थात ८ महिनामा कोलकाता बन्दरगाहबाट चौंतिस हजार १७ वटा र विशखा पटनमबाट एक्काइस हजार ६४७ कन्टेनर (२० फिट इकाईमा) नेपालका लागि आएका छन्। अंग्रेजी आर्थिक वर्ष २०२०/०२१ को अप्रिलदेखि नोभेम्बरसम्ममा समग्रमा तेस्रो समुद्रपारका मुलुकहरुबाट ५५ हजार ६ सय ६४ ओटा कन्टेनर मालसामान नेपाल आएको यस तथ्यांकले देखिन्छ। पोहोर यसै अवधीमा भारतको कोलकाता र विशाखापटनमबाट नेपालका लागि ६७ हजार ९ सय ४५ कन्टेनर आएका थिए। यस वर्ष आएका कन्टेनरको संख्या गत वर्षको भन्दा २०.४१ प्रतिशतले कम हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका शाखा प्रमुख लक्ष्मण खड्काले समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै आउने कार्गोमा कमी हुनुले विदेशबाट हुने आयात घटेको देखिएको बताए। उनकाअनुसार कोलकाता र बिशाखापटनम बन्दरगाहबाट ३ सय ७३ र्‍याक कन्टेनर मालवाहक रेलमा वीरगन्ज सुक्खा बन्दरगाहमा आएको छ। एक र्‍याकमा २० फिट इकाइको ९० वटा कन्टेनर आउने गर्छ। यस हिसाबले ३३ हजार ५ सय ७० वटा कन्टेनर भारतीय बन्दरगहहरुबाट रेलमा नेपालका लागि आएका छन्। अरु २२ हजार ९४ कन्टेनर सडक मार्गबाट नेपाल भित्रिएका छन्।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top