क्यानडामा जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने तयारी

१९ मंसिर, काठमाडौं । क्यानडा सरकारले आउँदो महिनादेखि नै कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । जनवरीमा खोप आउने विश्वासका साथ क्यानडा सरकारले वितरणको तयारी भइरहेको जनाएको छ ।

क्यानडामा खोप वितरणको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि नै खोप वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिएका हुन् । आफ्नो देशमा आउँदो महिनादेखि नै खोप वितरण गर्ने काम निकै चुनौतीपूर्ण रहेको तर तीव्र रूपमा तयारी भइरहेको उनको भनाइ छ ।

उनलाई क्यानडा सरकारले अघिल्लो हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निकायको उपाध्यक्षको रूपमा नियुक्त गरेको थियो । सरकारी अधिकारी र सेनासँग मिलेर खोप वितरणसम्बन्धी काम गर्ने जिम्मेवारी मेजर जनरल डेनी फोर्टीनलाई दिइएको छ ।

Advertisement

उनले डिसेम्बर ७ अर्थात् मंसिर २२ गतेदेखि खोपसम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ अर्थात् पुस १० भित्रमा सबै तयारी पूरा हुने पनि विश्वास व्यक्त गरे ।

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यहाँ १२ हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top