प्रचण्ड र नेपाल पक्षका विद्यार्थीले किन डाके छुट्टै भेला ?

१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् ।

थापाथली स्थित इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले भेला गरेका हुन् । नेकपामा दुई अध्यक्षबीच विवाद चर्किदै गएका बेला दाहाल–नेपाल समूहका विद्यार्थीहरु भेला भएका हुन् ।

विद्यार्थीहरुको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । भेलालाई सम्बोधन गर्न पुगेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने बताइन् ।

Advertisement

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भाग लिन्न भन्न नपाउने उनले बताइन् । बैठकमा भाग लिएर निकास दिनुपर्ने शाक्यले बताइन् ।

उनले भनिन ‘भोलीको सचिवालयको बैठक हुनै पर्छ । अस्ती अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठकमा म आउँदिन, म बस्दिन, म छलफलमा भाग लिन्न भनेर भन्नुभयो । प्रचण्डको प्रतिवेदन पनि म मान्दिन भन्नुभयो । यो भन्न उहाँले पाउनुहुन्न । त्यसैले निकास बैठकबाटै हुनुपर्छ । दुईवटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा गइनसक्ने पनि नेता शाक्यले बताइन् । भोलिको सचिवालयमा बसेर संयमताका साथ बहस गर्न नेताहरुलाई आग्रह गरिएको पनि शाक्यले बताइन् ।

उनले भनिन ‘दुईवटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छ भन्ने मलाई पटक्कै लाग्दैन । त्यसैले पहिलो कुरा भोली सचिवालयको बैठकमा बस्ने र उहाँले दुई वटै प्रतिवेदन अगाडि राखेर अत्यन्तै संयमतताका साथ, नैतिकताका साथ लागेका कुराहरु खुलस्त ढंगले एक अर्कामा आलोचना नै गरेर प्रस्तुत भएर छलफल गर्ने हो भने एक दुई दिन जान्छ होला । त्यसपछी एउटा निष्कर्ष आउँछ । अब कसरी एक ढिक्का बनाएर पार्टीलाई लैजाने भन्ने करामा निष्कर्षमा पुग्नै पर्छ । त्यो भन्दा अरु विकल्प खोज्नुभयो भने नोक्सान हुन्छ ।’

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिन भन्नुभएको हो भने अर्का अध्यक्ष ओलीले प्रतिउत्तर किन दिनुभयो भन्दै शाक्यले प्रश्न गरिन् । लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिन भन्न नमिल्ने शाक्यले बताइन् । ‘दस्तावेज मान्दिन भनेर भनेको हो भने उहाँले प्रतिउत्तर किन दिनुप¥यो । प्रचण्डले पेश गरिसकेपछी जे जे त्यहाँ भित्र छ त्यसको प्रतिउत्तर उहाँले दिइसक्नुभयो । लिखित प्रतिउत्तर दिने अनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ ? बैठक छोडेर जान मिल्छ ? उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नु भएको छ कहाँ गएर खोजिराख्नु भएको छ र बाहिरबाट समस्याको समाधान हुँदैन ।’

अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टी भित्र देखिएका समस्याको समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनि उहाँकै भएको बताइन् । बैठकबाट भाग्ने विषय लोकतान्त्रिक चरित्र नभएको पनि शाक्यले बताइन् । भेलालाई सम्बोधन गर्न पुग्नु भएकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरुसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गरिन् । समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताइन् ।

उनले भनिन ‘प्रधानमन्त्रीले अस्तीको बैठकमा आउन्न भन्नुभएको हो । भोलीको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन । आफैले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुन्न । उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ । समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन ।’

उनले जसले समस्याको छलफल गर्न सक्छ वा अन्तर विरोधको हल गर्न सक्छ त्यो मात्रै सही नेतृत्व हुने बताइन् । उनले बैठकहरु निरन्तर अगाडि बढाउने बताइन् । भेलालाई दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैह्रे लगायतले सम्बोधन गरेका थिए । भेलामा पत्रकारहरुलाई प्रवेश गर्न दिइएको थिएन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top