NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा अन्योल

शनिबार मंसिर २० , २०७७
Reading Time: 1 min read
A A
Advertisement
चिकित्सक आन्दोलनले बिरामीको बिचल्ली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ: चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा परेका छन् । प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने भन्ने अन्योल देखिएको हो । गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म नहुँदा शैक्षिक सत्र प्रभावित हुने स्थिति आएको छ ।

चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गत जेठ महिनामा चिकित्सा शास्त्र स्नातकोत्तर तहका गत जेठमा हुने परीक्षा कोभिड–१९ का कारण रोकिन पुगेको जानकारी दिनुभयो । उहाँले कोभिडका कारण रोकिएको परीक्षा चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते तय गरेको भन्दै विभिन्न चार विषयमा मुद्दा परेपछि अहिले रोकिन पुगेको जानकारी दिनुभयो । ‘‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ’’, डा. गिरीले थप्नुभयो, “समयमा चिकित्सा शास्त्र तर्फका स्नातकोत्तर तहको प्रवेश परीक्षा हुन नपाउँदा शैक्षिक सत्रमा असर परेको छ ।”

स्नातकोत्तर तहको अध्ययन गर्न डा. प्रकाश बन्जाडेले पनि परीक्षा फाराम भर्नुभएको थियो । डा. बन्जाडे यतिखेर माल्दिभ्समा कार्यरत हुनुहुन्छ । उहाँ स्नातकोत्तर तह अध्ययन गर्न फाराम भर्न बन्दाबन्दीको अवस्थामा आउनुभएको थियो । चिकित्सा शिक्षा आयोगले असोज अन्तिममा परीक्षा तोकेपछि परीक्षा दिने तयारीका साथ नेपाल आउनुभयो ।

Advertisement

परीक्षा अनिश्चित बनेपछि पुनः माल्दिभ्स फर्कनुभएको छ । कहिले प्रवेश परीक्षा हुन्छ र परीक्षा दिन पाइएला भन्ने चिन्ताले पिरोलिरहेको उहाँ बताउनुहुन्छ । परीक्षा दिइहाल्न पाए ढुक्क हुने थिएँ, डा। बन्जाडेले भन्नुभयो, “परीक्षा अनिश्चित र अन्योल हुँदा भइरहेको काममा असर पुगेको छ ।

डा. गिरीले स्वास्थ्य विधाका सम्पूर्ण चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी परीक्षाको तयारीमा रहेको बताउनुभयो । डा। गिरीका अनुसार जम्मा एक हजार छ सय सिटका लागि आठ हजारले दरखास्त दिएका छन् । दरखास्त दिनेमा अर्थोपेडिक, न्युरो सर्जरी, सर्जरी, पेडियाट्रिक, जनरल सर्जन, क्लिनिकल, जनस्वास्थ्यका विषय, ल्याब, नर्सिङ, फार्मेसी, फर्माकोलोजी लगायत छन् ।

विदेशी विद्यार्थी भर्नाको विषय, चिकित्सा शिक्षा ऐनमा समानुपातिक कोटा नछुट्याएका कारण, सरकारी चिकित्सकले सरकारी सेवामा कार्यरत अस्थायी, करार, प्रतिष्ठान र विकास समितिमा कार्यरत चिकित्सक सरकारी चिकित्सक सरह मान्यता नदिन सर्वोच्चमा मुद्दा हालेका कारण असोजमा हुने परीक्षा रोकिएको हो । सर्वोच्च अदालतले असोज १६ गते तत्काल परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेशले गर्दा अहिलेसम्म परीक्षा हुन सकेको छैन ।

अदालतले असोज २२ गते छलफलका लागि बोलाइएको थियो तर उक्त विषयमा छलफल हुन सकेको छैन । डा। गिरीका अनुसार ऐनमा सरकारी चिकित्सक भन्नाले स्थायी, अस्थायी, करार, विश्वविद्यालय, प्रतिष्ठान र विकास समितिका चिकित्सक समेतलाई बुझाएको छ । सरकारी सेवामा भएको स्थायी चिकित्सकले आफूभन्दा बाहेकका चिकित्सक सरकारी होइनन् भनेर मुद्दा दिएका हुन् । यस्तै चिकित्सा ऐन परिवर्तन हुनुपर्छ भनेर मुद्दा परेको छ । यस मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ ।

संविधानमा समावेशी (समानुपातिक)छुट्याएको तर चिकित्सा ऐनमा स्नातकोत्तर तहमा समावेशी कोटा नछुट्याएका कारण ऐन सच्याएर समावेशी कोटा राख्न माग गर्दै मुद्दा परेको छ । अरूको जीवनसँंग खेल्नुपर्ने पेसा भएकाले चिकित्सा शिक्षामा समावेशीका आधारमा कोटा छुट्याउन नहुने आवाज समेत उठ्न थालेको छ ।

नियम परिवर्तन गरेर मात्र परीक्षा लिइयोस् भनेर मुद्दा दिएका कारण त्यो विषय त्यत्तिकै रहेको छ । अर्को विदेशी विद्यार्थीसँंग सम्बन्धित मुद्दा परेको छ । विदेशी विद्यार्थीको हकमा १० प्रतिशत कोटा छ । १० प्रतिशतमा उनीहरूले नेपालमा आएर परीक्षा दिने, परीक्षा दिएर ५० प्रतिशत ल्याउनेबाट मेरिटका आधारमा भर्ना हुने व्यवस्था छ । त्यसमा सिट पूरा भएन भने सम्बन्धित उनीहरूको मुलुकको राष्ट्रिय स्तरको परीक्षा दिनेको हकमा त्यही परीक्षामा ५० प्रतिशतभन्दा माथि ल्याउने अङ्कको मेरिटका आधारमा पनि भर्ना गर्ने र त्यसपछि खाली रह्यो भने खुलातर्फ जाने भन्ने व्यवस्था छ । त्यसमा विदेशी विद्यार्थी नेपालमा आएर परीक्षा नदिइकन भर्ना गर्ने व्यवस्था हटाइयोस् र स्वतः खुलातर्फ लगियोस् भनेर मुद्दा परेको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष प्रा। गिरीले परीक्षा समयमा नहँुदा शैक्षिक सत्र नै पर सरेको बताउनुभयो । उहाँले अध्ययनका लागि मात्र होइन, स्वास्थ्य सेवाका लागि परीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थी जुन मेडिकल कलेजमा भर्ना हुन्छन्, त्यहाँ आवासीय चिकित्सकका रूपमा कार्यरत हुने र स्वास्थ्य सेवा दिने बताउनुभयो ।

अहिले तेस्रो वर्षका विद्यार्थी परीक्षा दिएर निस्के भने पहिलो वर्षका दोस्रो वर्षमा पुगे । पहिलो वर्षका विद्यार्थी खाली हुन पुग्दा शिक्षण अस्पतालमा काम गर्ने चिकित्सकको सङ्ख्या कम भएको छ । त्यसले गर्दा सेवामा प्रभाव परेको जनाइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.