चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ मजदुरको मृत्यु

१९ मंसिर ७७, शनिबार

२० मंसिर, एजेन्सी ।
चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।

खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेको छ । चुङ्चिङमा रहेको कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ ।

कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो । गएको सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेको अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो ।

Advertisement

अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top