मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

२० मंसिर ७७, शनिबार
Share this
747shares

२० मंसिर, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

Advertisement

सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताए।

उनले सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको बताए । त्यसबाहेक कोभिड १९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रस्टाचारलाई संरक्षण गरेकोले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।

Advertisement

यस्तै संसदको तत्काल बैठक बोलाउन समेत माग गरिएको सहमहामन्त्री महतले बताए । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने प्रयास गरिरहेको उनले बताए ।

कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृति लगायतका विषमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठक माग गरिएको स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top