अध्यागमनका कर्मचारीकै मिलोमतोमा मानव तस्करी भएको आशंकाः गृहद्वारा छानबिन सुरु

२० मंसिर, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले छानबिन थालेको छ ।

अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै ठूलो संख्यामा युवा–युवती भिजिट भिसाबाट खाडी देशमा गएको पाइएपछि छानबिन सुरु गरिएको हो । गृह मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

समितिमा अध्यागमन विभागका निर्देशक चुणा न्यौपानेलगायत सदस्य छन् । मानव तस्करी गिरोहसँगै मिलेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा सहजै जान दिएको सूचनाका आधारमा छानबिन थालिएको मन्त्रालय स्रोतले जनाएको छ ।

‘खासगरी रातिको उडानमार्फत ठूलो संख्यामा नेपाली युएई र कतार गएको देखियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रारम्भिक छानबिनमा केही कर्मचारीको मिलेमतो देखिएको छ ।’ अध्यागमन विभागले सेटिङमा संलग्न भएको आशंकामा केही कर्मचारीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हटाइसकेको छ ।

स्रोतका अनुसार विमानस्थलस्थित अध्यागमन प्रमुख गौलोचन सैँजूलाई समेत छानबिनको दायरामा ल्याइएको छ । गैंजूले भने अध्यागमनबाट कुनै गल्ती नभएको दाबी गरे । ‘तोकेको कागजपत्र देखाएपछि हामीले जान दिनैप¥यो,’ उनले भने, ‘शंकास्पद लागेकालाई हामीले दैनिक रूपमा फर्काइरहेका पनि छौँ ।’

गृह स्रोतका अनुसार सेटिङकै कारण अध्यागमन र प्रहरीबीच समेत विवाद भएको थियो । छानबिन समितिले अन्तर्राष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा विदेश गएका नेपालीको सबै विवरण संकलन गरिसकेको छ ।

खासगरी दुबईमा ठूलो संख्यामा नेपाली गएका छन् । दुबईमा कामदारको माग हुन थालेकाले भिजिट भिसामा सेटिङ मिलाएर लैजान थालिएको छ ।

भिजिट भिसामा मानव तस्करी गरिरहेको आशंकामा वैदेशिक रोजगार विभागले पनि शुक्रबार केही मेनपावर कम्पनीमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top