सांसदको बजेट कार्यकर्ताका पोल्टामा

२० मंसिर ७७, आइतबार

गोरखा : गोरखाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले बाँडफाँट गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अधिकांश कार्यकर्ताकै पोल्टामा जाने गरेका छन् ।

जिल्ला समन्वय समितिबाट प्राप्त प्रतिनिधिसभाका सांसद डा बाबुराम भट्टराई र हरिराज अधिकारी संयोजक रहेर बाँडफाँट गरेको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रममा अधिकांश बजेट कार्यकर्ता केन्द्रित छन् ।

त्यस्तै पूर्वाधार कार्यालयबाट प्राप्त प्रदेशसभाका सांसदहरु लेखबहादुर थापा, रामशरण बस्नेत, हरिशरण आचार्य र प्रकाशचन्द्र दवाडी संयोजक रहेर वितरण गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बिभिन्न शीर्षकमा कार्यकर्ताको पोल्टामा गएको हो ।

Advertisement

सबैभन्दा धेरै कार्यकर्ता केन्द्रित बजेट प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले वितरण गरेका छन् । कोषको चार करोड रुपैयाँमध्य उनले आफ्नो पार्टीका युवा तथा महिलाहरु आवद्ध भएका युवाक्लव, महिला समूह, आमा समूह, शहीद स्मृति प्रतिष्ठान आदि ११ वटा शीर्षकका कार्यक्रमलाई एक करोड ८० लाख रुपैयाँ बजेट बाँडेका छन् ।

त्यस्तै उनीहरुको कार्यालय भवन निर्माणको नाममा सात वटा शीर्षकमा बजेट बाँडफाँड गरेका छन् । त्यस्तै कार्यकर्ताको हातमा पुग्ने गरी दोस्रो धेरै बजेट बाँडफाँड गर्ने प्रदेशसभा सांसद तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत हुन् । उनले पनि नौ वटा कार्यक्रमको बजेट कार्यकर्ताको हातमा पुग्नेगरी बाँडफाँट गरेका छन् । उनले ६९ लाख रुपैयाँ बिभिन्न युवाक्लव, आमा तथा महिला समूह, शहीद स्मृति प्रतिक्षालय आदिको नाममा बाँडेका छन् ।

Advertisement

त्यस्तै मन्त्री बस्नेतले व्यक्तिगत फर्ममा पनि बजेट बाँडेका छन् । उनले धार्चे ३ उहियामा धार्चे रेन्बो ट्राउट एण्ड अर्गानिक होम पूर्वाधार निर्माण गर्न ११ लाख, फोलोङ बहुउद्देश्यीय बाख्रा फर्मको पूर्वाधार निर्माणका लागि पाँच लाख, आरुघाट गाउँपालिकाको राजन एण्ड राजेश कृषि तथा पशुपन्छी फर्मममा पूर्वाधार निर्माणका लागि छ लाख, र वडा नम्बर १० को आदर्श नमुना पशुपन्छी तथा कृषि फार्मको पूर्वाधार निर्माण गर्न पाँच लाख रुपैयाँ बाँडेका हुन् ।

सडक शीर्षकमा जम्मा चार वटा, भवन निर्माण शीर्षकमा जम्मा तीनवटा र विद्यालयका नाममा जम्मा एउटा मात्र कार्यक्रम बनाएका छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि विभिन्न पाँच शीर्षकमा कार्यकर्ता केन्द्रित बजेट बाँडफाँड गरेका छन् । आफ्नो कोषका चार करोड रुपैयाँमध्य ६५ लाख रुपैयाँ कार्यकर्ता सम्मिलित युवाक्लव तथा महिला समूहरुको शीर्षकमा बजेट बाँडफाँड गरेका हुन् । उनले सबैभन्दा धेरै सडकको शीर्षकमा १४ वटा कार्यक्रम बनाएका छन् । भवनको शीर्षकमा १० वटा कार्यक्रम बनाएका छन् । प्रदेश सांसद तथा भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापाले चार र हरिशरण आचार्यले तीनवटा शीर्षकमा कार्यकर्ता केन्द्रित कार्यक्रम बनाएका छन् ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top