×

NEPAL TIMES UPDATES

Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026

भारत किसान आन्दोलनः कृषि कानून खारेज नगरी किसानले नमान्ने

२१ मंसिर २०७७

२१ मंसिर, एजेन्सी ।
भारतमा आन्दोलनरत किसान र सरकारबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

शनिबारको वार्ताका क्रममा किसानले आफ्ना मागहरू अघि सार्दै ती पूरा गर्न सकिने वा नसिकनेबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका थिए । तर सरकारले ठोस माग प्रस्ताव गर्न आग्रह गर्दै डिसेम्बर ९ मा पुनः वार्तामा बस्ने जनाएको छ ।

Advertisement
Advertisement

दुई पक्षबीच शनिबार भएको वार्ता पाँचौं चरणको हो । यसअघि शनिबार बिहान सरकारले किसानहरूका जायज माग खुला दिमागले सम्बोधन गर्ने जनाएको थियो । वाणिज्य राज्यमन्त्री सोम प्रकाश र पन्जाबका सांसदले पन्जाबी भाषामा किसानहरूलाई सम्बोधन गर्दै माग पूरा गर्ने आश्वासन दिएका थिए ।

त्यसैगरी, कृषिमन्त्री नरेन्द्र सिंह तोमरले पनि सरकार किसानहरूका माग सम्बोधनका लागि वार्ता गर्न कटिबद्ध रहेको तथा कृषिसम्बन्धी कानुनका विषयमा उनीहरूको प्रतिक्रियालाई स्वागत गर्ने बताएका थिए ।

आन्दोलनरत किसानले भने वार्ता असफल भएको भन्दै देशव्यापी बन्दको घोषणा गरिसकेका छन् । आफ्ना मागहरू पूरा गर्न सरकारले अटेरी गरेकाले डिसेम्बर ८ मा देशव्यापी बन्दको आह्वान गरिएको उनीहरूको भनाइ छ ।

किसान नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिएका हुन् । आफ्ना जायज मागहरू पूरा गर्न शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएकाले बन्द गर्न आफूहरू बाध्य भएको उनको भनाइ छ ।

कृषिसम्बन्धी नयाँ कानुनहरूप्रति असन्तुष्टि जनाउँदै भारतीय किसानहरू केही समयदेखि देशव्यापी आन्दोलनमा छन् । हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरू रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकहरूमा अवरोध गरिने किसान नेता हर्विन्दर सिंह लख्वाले बताएका छन् ।

सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरू थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरूको रहेको छ ।

Advertisement

केही महिनाअघि पारित कानुनप्रति किसानहरूले असन्तुष्टि जनाउँदै आएका भए पनि हालै मात्र आन्दोलन थालेका हुन् । पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभाव पार्ने गरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार दबाबमा परेको हो ।

भर्खरको समाचार

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

सम्बन्धित खबरहरु

Scroll to Top