भन्सार छलि ल्याएका कपडाहरु बरामद

२० मंसिर ७७, आइतबार

२१ मंसिर, विराटनगर ।

Advertisement

भारतिय बजार जोगबनीबाट अवैधरुपमा भन्सार छलि ल्याएका लत्ताकपडा, भान्छाका सामाग्री तथा खाद्य सामाग्रीहरु बरामद गरिएको छ ।

विराटनगर महानगरपालिका–१६ दरैया नहरबाट अवैध रुपमा भन्सार छलि ल्याएका उक्त सामानहरु बरामद गरिएको प्रहरीले मोरंग प्रहरीले जनाएको छ ।

Advertisement

बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ताकपडा तथा अन्य सामानहरु बरामद गरेको हो।

बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने तर्फ आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top