×

NEPAL TIMES UPDATES

Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026

भारत र अष्ट्रेलिया भिड्दै

२१ मंसिर २०७७

२१ मंसिर । भारत र अष्ट्रेलियाबीचको तीन टि२० आई खेलको सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः५५ पछि सिड्नी क्रिकेट मैदान सिड्नीमा सुरु हुने छ ।

पहिलो टि२० खेलमा भारत ११ रनले विजयी भएको थियो । भारत लगातार दोस्रो जितसँगै सिरिज एक खेल अगावै जित्न चाहन्छ । घरेलु टोली अष्ट्रेलियालाई सिरिज जित्ने सम्भावना कायमै राख्न दोस्रो खेल जित्नै पर्ने दबाब छ । अष्ट्रेलिया मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । पहिलो खेलमा राम्रो सुरुवातका बाबजुद मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान नचल्दा अष्ट्रेलिया पराजित भएको थियो । डार्सी सटको स्थानमा एलेक्स केरीले मौका पाउन सक्छन् । कप्तान आरोन फिन्चलाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ । स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल प्रमुख हतियार हुन् । यी दुई ब्याट्सम्यानलाई जिम्मेवारीका साथ उत्कृष्ट प्रर्दशन गर्न आवश्यक पर्दछ । पहिलो टि२० खेलमा तीन विकेट लिनुको साथै ३० रन जोडेका अलराउन्डर मोइजेस हेनरिक्स भारतलाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् । घाइते अलराउन्डर मार्कस स्टोइनिस खेल्ने वा नखेल्ने अन्यौल छ ।

Advertisement
Advertisement

Advertisement

स्टोइनिस पूर्णरुपमा फिट भए टोली मजबुत बन्ने छ । स्टोइनिस सन एबटको स्थान लिने छन् । तीव्र गतिका बलर मिचेल स्टार्क टोलीमा हुने छैनन् । उनले पारिवारिक कारण बाँकी दुई टि२० सिरिज खेल्ने छैनन् । उनको स्थान एन्ड्रयु टाई वा ड्यानियल साम्स मध्य एकले लिने सम्भावना छ । स्पिनरमा मिचेल स्विपसनलाई खेलाउने सम्भावना छ । ओपनर लोकेश राहुलले पहिलो टि२० खेलमा ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । पछिल्लो समय राम्रो लयमा रहेका उनलाई रोक्न कठिन पर्न सक्छ । शिखर धवन र कप्तान विराट कोहलीलाई पनि उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । कोहली र धवन पहिलो खेलमा सस्तैमा आउट भएका थिए । हार्दिक पान्ड्या राम्रो लयमा छन् । उनको लयलाई रोक्न अष्ट्रेलियालाई चुनौती हुने देखिन्छ । सन्जु स्यामसन मध्यक्रम सम्हाल्ने छन् । पहिलो खेलमा ४४ रनको उत्कृष्ट इनिङ खेलेका रविन्द्र जडेजा टोलीबाट बाहिरि सकेका छन् । तीव्र गतिका बलरमा टि नटराजन, जस्प्रित बुमराह र दीपक चहरको सम्भावना छ । पहिलो खेलमा बुमराहलाई विश्राम दिएका थियो । दोस्रो खेलमा मोहम्मद शामीको स्थानमा बुमराहलाई खेलाउने सम्भावना छ । शामीले पहिलो खेलमा ४६ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । पहिलो खेलमा तीन विकेट लिएका लिदै जितमा नायक बनेका स्पिनर चहल दोस्रो खेलमा पनि उच्च मनोबलका साथ मैदान प्रवेश गर्ने छन् । कसिलो बलिङ गरेका वासिन्टन सुन्दर स्पिनरको रुपमा खेल्ने छन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top