विराटनगर,जेठ ९ः साउथ अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट घोषणा लिएका छन् ।
उनले बुधकार भिडियो मेसेज मार्फत आफुले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषण गरेका छन् । उनले भने “तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फम्र्याटबाट सन्न्यास लिंदै छु ।”
‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएका विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका डि भिलियर्सको यस निर्णयबाट क्रिकेट विश्व नै चकित भएको छ ।
३४–वर्षे ब्याट्सम्यान डि भिलियर्सले आफू थकित भएको र अब क्रिकेट खेल्न सक्ने आफूमा त्यो ऊर्जा सकिएको पनि बताए ।
उनले यही उचित समय रहेको बताउँदै आफ्नो १४ वर्षे क्रिकेट करियरलाई पूर्ण विराम लगाएको घोषणा गरे ।
डि भिलियर्सले १ सय १४ टेष्ट, २ सय २८ एक दिवसीय अन्तर्राष्ट्रिय र ७८ टि–२० खेलहरु खेल्दै कुल २० हजार १४ रन बनाएका छन् । उनको टेष्ट र एक दिवसीयमा ५० भन्दा बढी औसत रहेको छ ।
उनले पहिले पहिले पनि क्रिकेटबाट केही बेर विश्राम लिने निर्णय पनि लिएका थिए तर उनले टेष्ट नखेले पनि एक दिवसीय र टि–२० भने निरन्तरता दिने अनुमान गरिएको थियो ।
उनको यो निर्णयले २०१९ विश्वकपको तयारीमा रहेको दक्षिण अफ्रिकी टोली पनि चकित भएको जनाइएको छ । ठुला प्रतियोगितामा राम्रो टोली र प्रदर्शन भएबापत दक्षिण अफ्रिका र डि भिलियर्स केही उपाधि भने जित्न असफल रहेका छन् ।