विराटनगर,जेठ ९ ः समुहचरणको चारवटै खेल जित्दै रुपन्देही –११ जरी कर्णाली प्रिमियर लीग को सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को विजेता बन्दै रुपन्देही–११ सेमिफाइनलमा पुगेको हो । यो सेमिफाइनलमा पुग्ने पहिलो टिम हो ।
रुपन्देही –११ ले बुधबार भएको दास्रो खेलमा महाकाली क्रिकेट क्लवलाई १०४ रनको विशाल अन्तरले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।
बलिङतर्फ महाकालिका हेमन्त धामी र आकाश चन्दले समान २र२ विकेट लिए ।
टस जितेर व्याटिङ गरेको रुपन्देही–११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०९ रन बनाएको थियो ।
निश्चल चौधरीले ५१ बलमा ६ चौका ६ छक्काको प्रहार गर्दै सर्वाधिक ८५ रन जोडे । यस्तै शक्ति गौचनले अविजित ४२ रन बनाएका थिए ।
२१० रनको लक्ष्य पछ्याएको महाकालीले २० ओभरमा ७ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान रोबिन क्षेत्रीले २८ रनको योगदान गरे ।
रुपन्देहीका बलर कृष्ण कार्कीले ३ विकेट तथा शक्ति गौचन, सन्दीप सुनार र विक्रम भुसालले समान १र१ विकेट लिए ।
निश्चल चौधरी प्लेयर अफ द म्याच घोषित भए ।