अमरगढी किल्लाका हतियार भेटिएनन्

२० मंसिर ७७, आइतबार

२१ मंसिर, डडेल्धुरा ।

डडेल्धुरामा ऐतिहासिक अमरगढी किल्ला छ । किल्लाको प्रवेशद्वारमा वडाकाजी अमरसिहं थापाको सालिक छ, जहाँ लेखिएको छ ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ।’ त्यही किल्लाका ऐतिहासिक हतियार कहाँ छन् भन्ने कसैलाई पत्तो छैन ।

नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरुले प्रयोग गरेका दर्जनौं हतियार र पाँच वटा तोप गायब भएको वषौँ बित्दा पनि अझै भेटिएका छैनन् । नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको डडेल्धुराको अमरगढी किल्लाबाट पुरात्विक महत्वका हतियार हराएका हुन् । तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएका छैनन् । सेनाको प्रयोग र संरक्षणमा रहेको अमरगढी किल्ला सात वर्षयता नगरपालिकाले स्वामित्व लिए पनि हतियारबारे खोजबिन र अनुसन्धान गरेको छैन ।

Advertisement

स्थानीयका अनुसार पाँच वटा तोप, ५० जति बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा थिए । अमरसिंह थापाले विसं. १८४७ मा स्थापना गरेको अमरगढी किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार किल्लाभित्र छैनन् ।

सम्बन्धित निकायले ध्यान नदिँदा किल्लाभित्रका हतियार बेपत्ता भएकाले किल्लाको महत्व घटेको स्थानीयवासीको भनाइ छ । नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरूको भनाइ छ । नेपालको अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवित किल्ला रहेका पुरातत्व विभागको जिकिर छ ।

Advertisement

विसं २०७२ वैशाख १२ को भूकम्पपछि सिन्धुलीगढी किल्लामा क्षति पुगेको थियो । डडेलधुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अङ्ग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालागायतका ऐतिहासिक हतियार र सैनिक पोशाक नहुँदा किल्लाको महत्वसमेत घटेको छ ।

युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दशैँको फूलपातीको दिनमा किल्लामा रहेका सैनिक तोप लगेर टुँडिखेलमा पट्काउने गरेको स्थानीयवासी सुरेश थापाले बताए ।

उनका अनुसार त्यसबेला किल्लामा खड्गदल गण नामको तत्कालीन शाही सेना बस्ने गरेको र पछि सेनाले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लगेर गएको र कुनै सैनिक टुकडीले ती हतियार ल्याएनन् । किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, एक सय बन्दुक, किल्लाभित्र नै बम गोला बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री रहेको किल्ला छेउ बस्ने स्थानीय बताउँछन् ।

अमरगढी किल्लाकै नामबाट नामाकरण भएको अमरगढी नगरपालिका २०५४ सालमा स्थापना भएको थियो । नगरपालिका स्थापनापछि २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लिएको थियो । विसं २०५८ मा तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो ।

विसं २०५८ देखि २०६६ सम्म किल्ला सेनाको मतहतमै थियो । स्थानीयवासीको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि पुनः किल्लालाई अमरगढी नगरपालिकालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा दिइएको हो । पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृति पाएको हो ।

किल्ला हेर्न आउने पर्यटक न्यून

डडेल्धुराको ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा पर्यटकको आगमन न्यून हुँदै गएको छ । बन्दाबन्दीले किल्ला हेर्नै आउने आन्तिरक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने डडेल्धुुरा जिल्लाको मुख्य प्रवेशद्धारमा रहेको अमरगढी किल्लामा पर्यटकीय गन्तव्य किल्ला सुनसान रहेको छ ।

डडेल्धुरामा धेरै पर्यटकीय गन्तव्यस्थलमध्येको पहिलो गन्तव्य जिल्ला सदरमुकामको किल्ला पर्यटकको पहिलो रोजाइँमा पर्ने भए पनि पछिल्लो समय न्यून रहेको स्थानीय पर्यटन व्यवसायी दानबहादुर भण्डारीले बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top