अफगानिस्तानको कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ लडाकू मारिए

२१ मंसिर ७७, आइतबार

२१ मंसिर, काबुल ।

Advertisement

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ । शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।

Advertisement

तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् ।रासस/सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top