बासनादार धानको अध्ययन गर्दै नार्क

९ जेठ ७५, बिहीबार

ललितपुर, १० जेठ ः नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ । 

नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन ।

महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतित पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग बढेको बताए ।

Advertisement

“पहाडी क्षेत्रमा अहिलेसम्म यसको उत्पादन हुन सकेको छैन,” उनले भने । नार्कले अहिलेसम्म मोटो र मसिनो चामल फल्ने धानको बएि सिफारिस गर्दै आएको थियो । उनले भने, “यहाँको माटो र हावापानीमा बासनादार धानको उत्पादन कस्तो हुन्छ भनेर हामी अनुसन्धान गरिरहेका छौँ ।”

जनकपुरमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले भने तराईका लागि यसअघि नै बीउ सिफारिस गरिसकेको छ । हाल भारतबाट आयात गरिएको बासनादार चामलले नै बजार धानेको छ । बासनादार चामलको बीउ किसानलाई सिफारिस गर्न सके आयात कम गर्न सकिन्छ ।

Advertisement

उनी भन्छन्, “हामीले यसअघि बीउको निरन्तरताका लागि रोप्दै आए पनि किसानलाई सिफारिस नै गर्ने उद्देश्यले अध्ययन गरेका थिएनौँ ।”

महाशाखाले वर्षेनी धेरै जातका धानका बीउ लगाउने गरेको छ । तीमध्ये नेपालको हावापानी सुहाउँदो र किसानले अहिले लगाइरहेका भन्दा बढी उत्पादन दिने बीउ किसानलाई सिफारिस गरिन्छ । पहिले आफ्नो खेतबारीमा अध्ययन गरेपछि नार्कले किसानका खेतमा समेत परीक्षण गरेर मात्रै नयाँ बीउ सिफारिस गर्दै आएको छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top