सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’ मोबाइल एप्स , शिक्षामन्त्रीले गरे शुभारम्भ

२२ मंसिर ७७, मंगलबार

२३ मंसिर, काठमाडौं ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गरे । उनले विद्यार्थीलाई सहज एवं सरल ढङ्गबाट विकसित सामग्रीको खोज गर्न, अध्ययन गर्न सकुन् भन्ने अभिप्रायसहित तयार गरिएको सो एप्सले कोभिड–१९ पछि प्रभावित दूरराजका बालबालिकालाई लाभ पुग्ने बताए ।

उनले सरकारले शैक्षिकसत्रलाई खेर जान नदिनका लागि विभिन्न निर्देशिका र शैक्षिक सामग्रीको विकास गरी वितरण गर्दै आएको जानकारी दिए । महामारीपछि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी विद्यार्थीको सिकाइ अवस्थाको वर्गीकरणसहित सिकाइका वैकल्पिक उपायको प्रयोग गर्न मार्गप्रशस्त गरेको थियो ।

केन्द्रमार्फत सिकाइ पोर्टल विकास गरी विद्यालय शिक्षाका सबै पाठ्यपुस्तक सहितका सामग्री उक्त पोर्टलमार्फत अध्ययन गर्न सकिने व्यवस्था पनि मिलाएको थियो भने श्रव्यदृश्य पाठहरू निर्माण÷विकास गरी क्रमशः रेडियो र टेलिभिजनबाट प्रशारण गराएको थियो ।

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले अनलाइनपद्दतिमा सामग्रीको सहज उपलब्धता, कम गतिको इन्टरनेटबाट पनि हेर्न र अध्ययन गर्न सकिने सामग्रीको विकास, टिभी र कम्प्युटरमा पहुँच नभएका कक्षा १० सम्मका विद्यार्थीलाई सहज उपलब्ध हुनसक्ने प्रणाली निर्माण गर्न प्राप्त सुझावका आधारमा सो एप्स विकास गरिएको बताए ।

एप्समा केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रशारण गरिएका सबै पाठहरू, पोर्टलमा रहेका पाठ्यपुस्तकलाई अझ सरल ढङ्गबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकका लागिसमेत उपयोगी हुने गरी विषयगत÷ कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रम समावेश गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top