किम्फ डिसेम्बर १० देखि भर्चुअल्ली हुने

२३ मंसिर ७७, बुधबार

२३ मंसिर, काठमाडौं । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौं संस्करण डिसेम्बर महिनाको १० देखि सुरु हुँदैछ।

‘तमसोमा ज्योतिर्गमयु भन्ने नारासहितको फेस्टिभल ४ दिन लामो चल्नेछ । कोभिड–१९ का कारण यस पटक फेस्टिभल भर्चुअल्ली हुन लागेको हो । यस पटक १५ देशका १८ वटा फिल्म प्रदर्शनका लागि छानिएका छन्। त्यस्तै नेपाली पानोरोमा अन्‍तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा फिल्म देखाइनेछ । फेस्टिभलमा प्रदर्शनीबाहेक फिल्मकर्मी एवं अन्य वक्तासँग अन्तर्संवाद पनि राखिएको छ । फिल्महरू भिमिओमार्फत हेर्न सकिनेछ । अन्तर्राष्ट्रिय फिल्महरू पर्वतीय जनजीवन, संस्कृति, वातावरण, पर्वतारोहण एवं अन्य साहसिक कर्महरू केन्द्रित छन । नेपाली पानोरोमा अन्तर्गत भने नेपाली युवा फिल्मकर्मीको काम समेटिएका छन । किम्फको उद्घाटन भुटानी फिल्म निर्देशक खोन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म लुकिङ फर अ लेडी विद फ्याङ्गस एण्ड अ मुस्ट्याच प्रदर्शनसँगै हुनेछ । उद्घाटन समारोहमा रिम्पोचेले भर्चुअल्ली प्रवचन दिनेछन । उक्त फिल्म नेपालमै छायाँकन गरिएको हो । दिवङ्गत लेखक पिटर कार्थकको हिमाल किताबद्वारा प्रकाशित नेपाली म्यूजिक मेकर्स नामक पुस्तक पनि समारोहमा विमोचन हुनेछ । यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली फिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर फलजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन । निर्णायकहरूले अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीन र नेपाली पानोरोमा अन्तर्गत उत्कृष्ट कथानक र उत्कृष्ट डकुमेन्ट्री छान्नेछन । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्महरूले क्रमशः दुई लाख, १ लाख ५० हजार र १ लाख नगद पुरस्कार पाउनेछन । नेपालीतर्फ उत्कृष्ट कथानक फिल्मले एक लाख र उत्कृष्ट डकुमेन्ट्रीले ७५ हजार पाउनेछन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top