७ जेसिभी प्रहरी नियन्त्रणमाः मापदण्ड विपरित उत्खनन् गरेको आरोप

२३ मंसिर ७७, बुधबार

२४ मंसिर, कञ्चनपुर ।
मापदण्ड विपरित उत्खनन् गरेको भन्दै कञ्चनपुरको बगुन खोलाबाट प्रहरीले सात जेसिभी नियन्त्रणमा लिएको छ ।

Advertisement

बेदकोट नगरपालिकाको बगुन खोलाबाट उत्खनन् गरिरहेका सात जेसिभी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले मापदण्ड विपरित खोलामा हाल्नै नमिल्ने जेसिभी हालेर उत्खन्न गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

कञ्चनपुरका नदी, खोलानालाहरुमा ग्राभिलिङ्ग संलकनका नाममा चुरे नै विनास हुने हिसाबले उत्खनन् भइरहेको भन्दै बेदकोट नगरपालिका मुसेपानी क्षेत्रका स्थानीय आन्दोलित भएपछि प्रमुख जिल्ला अधिकारी सहितको संयुक्त टोलीले नदीखोलाको अनुगमन शुरु गरेको थियो ।

Advertisement

अनुगमनका क्रममा बगुन खोलामा भेटिएको उक्त जेसिभी नियन्त्रणमा लिएर कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ । अनुगमन टोलीले मापदण्ड विपरित रुपमा उत्खनन भइरहेको भन्दै नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाउन प्रहरीलाई जिम्मेबारी दिएको थियो ।

जंगलकै छेउमा वातावरण नास हुने हिसाबले उत्खन्न हुँदा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top