Nepal Times
Nepal Times
3
Shares

सांसदले कुटे प्रशासकीय अधिकृत

सांसदले कुटे प्रशासकीय अधिकृत

सर्लाही – सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार राति मलंगवामा प्रदेश सांसदले दुव्र्यवहार गरेका छन् ।

लेखा सहायकको कामसमेत गर्दै आएका वडा नं. १ का सचिव राजेन्द्र ठाकुर र स्थानीय राजनीतिकर्मीसँग जिविस चोकस्थित एक होटलमा बसिरहेका श्रीवास्तवलाई दलबलसहित पुगेका प्रदेश सांसद् सञ्जयकुमार यादवले कुटपिट गरेका हुन् ।

यादवले वडा सचिवको झोलामा रहेका कागजातसमेत नियन्त्रणमा लिएका छन् । आजको कान्तिपुरको पृष्ठ १४ मा यो समाचार छापिएको छ ।

उनले साताअघि नगरपालिकाको कार्यालयमै गएर श्रीवास्तवलाई कोठामा थुनी केही योजनामा जबर्जस्ती सम्झौता र कार्यदेशमा हस्ताक्षर गर्न लगाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.